सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ रमितेमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मंगलवार सोलुखुम्बुको काकुँबाट बासा तर्फ जाँदै गरेको बा. ४४ प २६१९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय हेम कुमार राईको उपचारको क्रममा प्राथामिक अस्पताल खास्ताबमा मृत्यु भएको सोलु प्रहरीले बताएको छ ।

















