इटहरी । आफ्नो नेतृत्वमा रहेका हरेक संघसस्थालई गर्विलो उचाइमा पु¥याएका जीवन पराजुली यति वेला उद्योग वाणिज्य सङ्घ इटहरीको आसन्न निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार रहेका छन् । हरेक व्यवसायीको समस्यामा महल्म पट्टी लगाउने पराजुलीलाई यस पटक उद्योग वाणिज्य सङ्घको नेतृत्व जिताउन व्यवसायीहरू चुनावी अभियानमा रहेका छन् ।
पूर्वको व्यापारिक केन्द्र इटहरी त्यसमाथि बढ्दो सहरीकरण, थपिँदो व्यवसाय र आएका चुनौतीलाई सम्बोधन गर्न सक्ने नेतृत्व आफूहरूले खोजेको इटहरीका व्यवसायी चन्द्र भट्टराईले बताए । ‘नेतृत्व लिएर मात्रै हुँदैन नेतृत्वमा पुगेपछि नेतृत्वदायी भूमिका पनि हुनुप¥यो । यो पटक यस प्रकारको नेतृत्व इटहरीका व्यवसायीले खोजेका छन् ।’ उनले भने ।
व्यवसायीको निर्वाचन समेत पार्टीकरण हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले यसले कुनै पनि प्रकारको उपलब्धि हासिल नहुने बताए ।
उद्योग वाणिज्य सङ्घलाई दलमुक्त बनाउनका लागि र व्यवसायीको हक हितमा काम गरी व्यवसायीको नेता बन्नका लागि आफ्नो टिमको उम्मेदवारी रहेको उल्लेख गर्दै पराजुलीको टिमले मङ्गलवारै आफ्नो सङ्कल्प पत्र सार्वजनिक गरेको छ ।
संकल्प पत्रमा अध्यक्ष वा पदाधिकारीमध्ये एक जना दैनिक ४ घण्टा कार्यालयमा रही व्यवसायीका समाधान सहजीकरण गर्ने कुरालाई प्राथमिकताका साथ उठाइएको छ । यसैगरी इटहरीमा प्रादेशिक प्रदर्शनी स्थल तथा औद्योगिक क्षेत्रको स्थापना गर्न पहल गर्ने, व्यवस्थित पार्किङका लागि निरन्तर अभियान चलाउने उल्लेख गरिएको छ ।
व्यवसायीलाई निःसुल्क कर, राजस्व तथा लेखा सम्बन्धी परामर्श दिने, कानुनअनुसार करको दरलाई व्यवस्थित गर्ने, हरेक वर्ष रोजगार मेलाको आयोजना गर्ने, महिलालाई आत्मनिर्भर बनाउनका लागि सिपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउनका लागि पहल गर्ने, दुर्गन्धित ढल निकास तथा सार्वजनिक शौचालयलाई व्यवस्थित गरी सुन्दर सहर बनाउन स्थानीय निकायसँग सहकार्य गर्ने उल्लेख गरिएको छ ।
यसै गरी व्यवसायीक ज्ञान आदानप्रदानका लागि विदेश भ्रमणको आयोजना गर्ने, आफ्ना गतिविधिका साथै व्यवसायीका व्यापार प्रवर्धन गर्नका लागि ‘डिजिटाईलेसन’ गर्ने उल्लेख गरिएको छ ।
स्वतन्त्र देखी विभिन्न ६ दलको साथ
पराजुलीलाई इटहरीमा रहेका स्वतन्त्र व्यवसायीहरू लगायत विभिन्न ६ दलले साथ दिने भएका छन् । उद्योगी, व्यवसायीहरूको साझा संस्था उवासंघमा राजनीतिकरण नगरी विभिन्न दलमा आबद्ध व्यवसायीहरूलाई समेटेका कारण पराजुलीलाई साथ दिएको समर्थित दलहरूले बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेश १ का सङ्गठन विभाग प्रमुख चन्द्र राईले एक दल र एक पक्षीय उम्मेदवार नभई सबै दललाई समेटेर लैजाने पराजुलीको समूहलाई सहयोग गरेको बताए । फलैचान्यूजसंगको कुराकानीमा उनले भनेका छन् ‘हाम्रो पार्टीले सर्वपक्षीय छलफल गरेर जीवन पराजुलीको समूहलाई सघाएको हो । यो टिम एउटा दलको मात्रै छैन । कार्यकर्ता भन्दा माथि उठेर यो टिमलाई भोट गर्नका लागि अपिल समेत गर्दछु ।’
पराजुलीलाई स्वतन्त्र व्यवसायीदेखि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल समाजबादी पार्टीसम्मले साथ दिएका हुन् । यसअघि लोकतान्त्रिक समूहको मात्रै प्यानल विजयी भएकोले सबै व्यवसायीलाई समेट्न केही समस्या भएको उल्लेख गर्दै पराजुलीको टिममा सबै क्षेत्र समेटिएको व्यवसायी नेताहरूले बताएका छन् ।
अध्यक्षकै उम्मेदारले गरे पराजुलीको टिमलाई समर्थन
निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रहेका पीताम्बर पोखरेलले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै जीवन पराजुलीको समूहलाई समर्थन गर्ने घोषणा गरेका छन् । वर्तमान कार्यसमितिका महासचिव समेत रहेका पोखरेलले पराजुलीको समूहलाई समर्थन गर्ने बताएका हुन् ।
‘मेरो यो टिमप्रति पूर्ण समर्थन रहेको र उपस्थित व्यवसायीहरूलाई म अध्यक्षको उम्मेदवार रहे पनि मेरो पनि भोट यो टिमलाई जाने जानकारी गराउँदछु,’ उनले भने, ‘यो टिममा सबै पार्टी, सबै जाती र सबै वर्गको उपस्थिति रहेकाले यो टिमलाई समर्थन रहेको जानकारी गराउँदछु ।’
उनले व्यावसायिक संस्थामा कुनै पनि राजनीतिकरण हुन नहुने र सबै जाती, धर्म र वर्गका व्यवसायी समेटिनुपर्ने तर्क गर्दै सबै परिवेश समेटिएको व्यावसायिक टिम पराजुलीको टिम रहेको उल्लेख समेत गरेका छन् ।
सामाजिक सेवामा सक्रिय पराजुली, नेतृत्वलाई कुशलतापूर्वक निर्वाह
पराजुली व्यवसायीका समस्या मात्रै सुन्दैनन् समस्या समाधानको उपाय पनि खोज्ने गर्दछन् । इटहरीका व्यवसायी सिताराम सापकोटा भन्छन् ‘पराजुली एक व्यवसायी मात्रै होइनन् समाजसेवी समेत हुन् ।’
पराजुलीले तरहरा जेसिसको अध्यक्ष, नेपाल जेसिसको उपाध्यक्ष, लाइन्स क्लब इटहरी सिटिको अध्यक्ष, लायन्स क्लब ३२५ को जोन चियरपर्सन, होटल व्यवसायी सङ्घ इटहरीको अध्यक्ष, भिजिट नेपाल २०२० को सदस्य, होटल व्यवसायी सङ्घ प्रदेश १ महासचिव तथा उद्योग वाणिज्य सङ्घ इटहरीको सदस्यका रूपमा रहेर उत्कृष्ट काम गरेका छन् ।
पराजुलीको टिममा एसोसियट सदस्यमा राजीव घिमिरे, महिला तर्फ शोभा कोइराला र मिना ढकाल, बस्तुगत तर्फ विनोद पौडेल र राजेश खनाल, उद्योग तर्फ विष्णु नारायण डाँगी, कैलाश लिम्बु र सुरज आङ्देम्बे तथा वाणिज्य तर्फ सिनेट रिजाल, दीपेन्द्र कुमार साह, अशोक अग्रवाल, ध्रुव अधिकारी, रुद्र प्रसाद भट्टराई, चक्र बहादुर घिमिरे, सन्नी चौधरी र सञ्जय साह उम्मेदवार रहेका छन् ।
उद्योग वाणिज्य सङ्घ इटहरीको आगामी कार्यसमिति चयनका लागि आगामी माघ २८ गते निर्वाचन हुँदैछ ।

















