No Result
View All Result
Sunday, May 10, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सेवाभावी चिकित्सक डा. अमरेश कुशवाहालाई बचाउन सहयोगको अपिल

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख २६, २०८३
in स्थानीय, स्वास्थ्य, हेडलाइन
0
सेवाभावी चिकित्सक डा. अमरेश कुशवाहालाई बचाउन सहयोगको अपिल
Share on FacebookShare on Twitter

रामधुनी । जिल्ला अस्पताल सुनसरी मा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट (मे.सु.) डा. अमरेश कुमार कुशवाहा अहिले जीवन र मृत्युबीचको कठिन संघर्षमा छन्। वर्षौंदेखि बिरामीको उपचारमा खटिँदै आएका उनी आज आफैं गम्भीर मिर्गौला रोग (CKD – Chronic Kidney Disease) सँग जुधिरहेका छन्। नियमित डायलाइसिस गराइरहेका डा. कुशवाहाको स्वास्थ्य अवस्था पछिल्लो समय थप जटिल बन्दै गएको चिकित्सकहरूले बताएका छन्।

सर्वसाधारण नागरिकको स्वास्थ्य सेवामा समर्पित डा. कुशवाहा सुनसरी जिल्लामा सरल, सेवाभावी र जिम्मेवार चिकित्सकका रूपमा परिचित छन्। सीमित स्रोतसाधनका बीच पनि अस्पतालको सेवा प्रभावकारी बनाउन उनले दिनरात नभनी काम गरेका थिए। बिरामीको पीडामा साथ दिने उनी आज आफ्नै पीडासँग संघर्ष गरिरहेका छन्। उनको यो अवस्थाले परिवार मात्र होइन, सहकर्मी र स्थानीयवासीलाई समेत भावुक बनाएको छ।

चिकित्सकका अनुसार उनका दुवै मिर्गौलाले पर्याप्त रूपमा काम गर्न छाडिसकेकाले नियमित डायलाइसिस अपरिहार्य बनेको छ। तर दीर्घकालीन रूपमा जीवन बचाउने एक मात्र विकल्प मिर्गौला प्रत्यारोपण रहेको परिवारले जनाएको छ। प्रत्यारोपण, औषधोपचार र अन्य उपचार प्रक्रियाका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले परिवार आर्थिक संकटमा परेको छ।

यसबीच विभिन्न स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, शुभेच्छुक तथा स्थानीयवासीहरूले डा. कुशवाहाको उपचारका लागि सहयोगको अपिल गरेका छन्। “अरूको जीवन बचाउन निरन्तर खटिने चिकित्सक आज आफ्नै जीवन जोगाउन संघर्षरत हुनु अत्यन्त पीडादायी अवस्था हो,” भन्दै सहकर्मीहरूले सबैलाई सक्दो आर्थिक सहयोग गर्न आग्रह गरेका छन्।

डा. कुशवाहाको उपचार सहयोगका लागि इच्छुक व्यक्तिहरूले खातानम्बर 0020113095600001 मा सहयोग रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ। साथै थप जानकारीका लागि 9816960400 नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

स्थानीय समाजसेवीहरूले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिको उपचारमा राज्य र सम्बन्धित निकायले विशेष चासो दिनुपर्ने बताएका छन्। उनीहरूले डा. कुशवाहाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सहयोग अभियानमा सबैलाई साथ दिन आग्रह गरेका छन्।

ShareTweetPin
Previous Post

कक्षाकोठादेखि दर्शकसम्म प्रचार अभियानमा रोल नं. १

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.