फलैचान्यूज l प्रतिक्षित चलचित्र ‘लालबजार’ अव यहि शुक्रबार अर्थात बैशाख २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । गत बैशाख १८ गतेबाट प्रदर्शनमा आउनलाई तयारीमा रहेको चलचित्र विरुद्ध अदालतमा मुद्धा दायर भएपछि प्रदर्शनमा रोक लगाईएको थियो । चलचित्रलाई बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक लगाउन दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि चलचित्र प्रदर्शनको लागि बाटो खुलेको निर्माता रविन्द्र सिंह बाँनियाले जानकारी दिए ।
छोरीका लागि आमाले गर्ने संघर्षको कथामा आधारित यस चलचित्रलाई दर्शकमाझ ल्याउन अदालतलेला गरेको हो । । चलचित्र आगामी शुक्रबार, अर्थात् वैशाख २५ गतेदेखि, प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ । चलचित्रको निर्माण घोषणा र पोष्टर सार्वजनिक संग चर्चा हुदै आएको चलचित्रको पहिलो गीत मायालाई के दिउ म बैना सार्वजनिक भएपछि झनै दर्शकहरुको प्रतिक्षाको चलचित्र बन्यो । चलचित्रको गीतहरु,टिजर र ट्रेलर सार्वजनिक भएपछि झनै दर्शकहरु चलचित्र हेर्न आतुर छन । ट्रेलरमा देखाईएको आमा र छोरी बीचको कथालाई दर्शकले रुचाएका छन् ।
ट्रेलरमा समावेश भएका संवादहरुले झनै चलचित्रको प्रतिक्षा बढाएको छ । नेपालको वादी समुदायमा महिलाहरुले खेप्दै आएको कुसंस्कारको वास्तविक कथालाई पर्दामा उतारिएको चलचित्र लाली बजारमा बादी समुदायको महिलाको भूमिकामा अभिनेत्री स्वस्तिमा खड्काको अभिनयलाई अहिले सर्वत्र प्रसंशा मिलिरहेको छ ।उनी त्यो चलिआएको कुप्रथा विरुद्ध सशक्त रुपमा प्रस्तुत भएकी छिन ।
वादी समुदायमा छोरीहरुलाई पढाउन बन्देज रहेको कथालाई लेखक तथा निर्देशक यम थापाले गज्जवले प्रस्तुत गरेका छन । सार्वजनिक ट्रेलरमा छोरी पढाउनका लागि स्वस्तिमाले गरेको संघर्ष सहारानीय छ । सामाजिक सञ्जाल प्रयोगकर्तासँगै सेलिब्रेटीले समेत ट्रेलर र विषयवस्तुको प्रसंशा गरिरहेका छन् । षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ को ट्रेलर सार्वजनिक गरिएको छोटो समयमा नै युट्युबको ट्रेन्डिङ चार्टमा प्रवेश गर्न सफल भएको थियो ।
सार्वजनिक ट्रेलरमा देखाईएको आमा र छोरी बीचको कथालाई दर्शकले रुचाएका छन् । युट्युबमा ट्रेलर हेर्नेले यसको विषयवस्तुसँगै कलाकारको अभिनयको प्रसंशा गरेका छन् । बादी समुदायको महिलाको भूमिकामा अभिनेत्री स्वस्तिमा खड्काको अभिनयलाई अहिले सर्वत्र प्रसंशा मिलिरहेको छ ।स्वस्तिमासँगै ट्रेलरमा देखिएका रवीन्द्र सिंह बानियाँ, बालकलाकार समाइरा थापासँगै डेब्यु कलाकारद्वय प्रशंसा सुवेदी र विशाल देवकोटाको कामलाई पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । फिल्म आमा छोरीको कथामा आधारित छ भने बादी समुदायमा चलेको नाथिया जस्तो कु९प्रथालाई ट्रेलरमा देखाइएको छ ।
छोरी रक्षाका लागि आमाले गर्ने सङ्घर्षलाई फिल्म ‘लालीबजार’ को ट्रेलरमा देखाईएको छ । फिल्ममा स्वस्तिमा आमाको भूमिकामा छिन् । निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आर्ट्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेका छन् । यद्यपि आगामी फिल्म ‘लालीबजार’ मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका छन् । चलचित्र यहि शुक्रबार अर्था बैशाख २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।


