No Result
View All Result
Saturday, May 2, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चलचित्र ‘मालती मंगले’को ट्रेलर सार्वजनिक, प्रेम, द्वन्द्व र सामाजिक सन्देशको झलक

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १४, २०८३
in मनाेरञ्जन, हेडलाइन
0
चलचित्र ‘मालती मंगले’को ट्रेलर सार्वजनिक, प्रेम, द्वन्द्व र सामाजिक सन्देशको झलक
Share on FacebookShare on Twitter

इटहरी l वैशाख २५ (मे ८) देखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘मालती मंगले’को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरको लबिम मलस्थित क्युएफएक्स सिनेमाजमा आयोजित कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। कार्यक्रममा कलाकार विजय बराल, वर्षा राउत, मेक्सम गौडेलसँगै निर्माता तथा गायक रामकृष्ण ढकाल, निर्देशक प्रकु पाण्डेय, कार्यकारी निर्माता सागर ज्ञवाली लगायतको उपस्थिति थियो।

ट्रेलरले चलचित्रलाई पारिवारिक र सामाजिक विषयवस्तुमा आधारित कथाको रूपमा प्रस्तुत गर्छ। मालती (वर्षा राउत) र मंगले (विजय बराल) बीचको प्रेम, उनीहरूको सम्बन्धमा देखिने तनाव तथा परिवारभित्रका द्वन्द्वलाई ट्रेलरमा देखाइएको छ। साथै, मेक्सम गौडेल हरि नामको नकारात्मक भूमिकामा देखिएका छन्। साथीभाइबीचको सम्बन्ध र त्यसमा आउने उतारचढाव पनि ट्रेलरमा समेटिएको छ।

समाजमा छोरा–छोरीबीच गरिने विभेदपूर्ण सोचलाई समेत ट्रेलरले उजागर गरेको छ। ‘नाक फुटेको मात्र देखिस्, नाक काटेको देखिनस्’ भन्ने संवादले सामाजिक प्रतिष्ठा जोगाउनुपर्ने दबाबलाई भावनात्मक रूपमा प्रस्तुत गर्छ। ट्रेलरमा ‘झ्याम पारम’ र ‘सुनैको सपनी’ गीतका केही दृश्यहरू पनि देख्न सकिन्छ।

रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण भएको यस चलचित्रको कथा निर्देशक प्रकु पाण्डेयकै हो भने पटकथा तथा संवाद संयोग गुरागाईंले लेखेका हुन्। चलचित्रमा विजय, वर्षा र मेक्समसँगै प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायत कलाकारको अभिनय रहेको छ।

यसअघि नै चलचित्रको टिजर र ‘सुनैको सपनी’, ‘ढुङ्गा माथि लेऊ’ तथा ‘झ्याम पारम’ गीतहरू सार्वजनिक भइसकेका छन्।

चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईं सह-निर्माताका रूपमा रहेका छन्। महेश पौडेलको छायांकन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक तथा डिकेश खड्गीको ध्वनि मिश्रण रहेको यो चलचित्र प्राविधिक रूपमा पनि सुदृढ देखिन्छ। आरआर फिल्म्सले वितरण गर्ने यो चलचित्र वैशाख २५ देखि प्रदर्शनमा आउनेछ।

ShareTweetPin
Previous Post

काठमाडौं उपत्यकामा आज बिहानैदेखि तनावपूर्ण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.