No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीको दिगो विकास र सञ्चार क्षेत्र सुदृढिकरणका लागि सहकार्यमा जोड

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन २९, २०८२
in Uncategorized
0
इटहरीको दिगो विकास र सञ्चार क्षेत्र सुदृढिकरणका लागि सहकार्यमा जोड
Share on FacebookShare on Twitter

इटहरी । इटहरीका सञ्चारकर्मीहरूले पत्रकारिताको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे गम्भीर समीक्षा गर्दै सञ्चार क्षेत्रको विकासका लागि आपसी सहकार्य आवश्यक रहेको बताएका छन् ।

शुक्रबार इटहरीमा आयोजित एक भेलामा सहभागी सञ्चारकर्मीहरूले इटहरीको समग्र विकासले सञ्चार क्षेत्रको विकास पनि तय गर्ने बताउँदै समाचारमा इटहरीका विकासका मुद्धाहरुलाई प्राथमिकता दिनुपर्नेमा समेत जोड दिएका छन् ।

कार्यक्रमको सुरुवातमा पत्रकार विवेक भट्टराईले इटहरीका मिडियाहरुको वर्तमान अवस्था, समस्या, सम्भावना र स्थानीय विकासमा निर्वाह गर्न सक्ने भुमिकाको बारेमा अवधारणा प्रस्तुत गरेका थिए । उनले मिडियाहरुले पनि समयानुकुल आफूलाई परिस्कृत गर्दै स्थानीय मुद्धाहरुलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताएका थिए ।

उक्त अवधारणामाथि छलफल गर्ने क्रममा सहभागीहरूले पछिल्लो समय प्रविधि, बजार र पाठक तथा दर्शकको रुचीमा बद्लाव आएकोले मिडियालाई पनि त्यहीअनुसार परिष्कृत गर्न आवश्यक रहेकोमा जोड दिए । उनीहरूले पत्रकारितामा भाषा प्रयोग, सामग्रीको गुणस्तर र सहकार्य अनि स्थानीय विषयहरुलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

पत्रकार सुमन पुरीले पत्रकारितामा गेटकिपिङको अभ्यास कमजोर भएको र समाचारको तथ्य पुष्टि तथा क्रस–चेक गर्ने प्रक्रिया घट्दा पत्रकारितामाथि प्रश्न उठिरहेको बताए । उनले नयाँ मिडियासँग दूरी बढेको उल्लेख गर्दै युट्युब लगायतका डिजिटल प्लेटफर्मलाई कसरी समेट्ने भन्ने विषयमा पनि सोच्नुपर्ने धारणा राखे । उनले स्थानीय मुद्धाहरुमा समाचार लेख्दा जनप्रतिनिधिले गलत तरिकाले लिने गरेको बताए ।

पत्रकार मनोज दाहालले पत्रकारितामा सामाजिक सञ्जालका लाइक र भ्यूजको प्रतिस्पर्धा बढेको उल्लेख गर्दै परम्परागत मिडियालाई डिजिटल माध्यमसँग जोड्दै अघि बढ्नुपर्ने बताए ।

पत्रकार विनय बाह्रकोटीले इटहरीमा पत्रकारितामाथि विभिन्न किसिमका दबाब र आक्रमण बढेको उल्लेख गर्दै बजारको कमजोरी, विज्ञापन अभाव र दक्ष पत्रकारको पलायन जस्ता समस्या मुख्य चुनौतीका रूपमा रहेको बताए । उनले स्थानीय तहलाई मिडियाको महत्व बुझाउनुपर्ने आवश्यकता औँल्याए ।

पत्रकार सुविद गुरागाईंले स्थानीय तहमा सञ्चार नीति निर्माणका लागि संगठित पहल गर्नुपर्ने धारणा राखे । उनले मिडियाहरुबिच आपसी सहकार्य हुनुपर्नेमा जोड दिँदै नयाँ पत्रकार उत्पादनमा पनि ध्यान दिनुपर्ने बताए ।

पत्रकार बाबुराम खड्काले पत्रकारितामा निष्पक्षताको प्रश्न गम्भीर बनेको उल्लेख गर्दै उत्पादन गरिने सामग्री कति अर्गानिक र विश्वसनीय छ भन्नेमा ध्यान दिनुपर्ने बताए । उनले पत्रकार महासंघले संस्थागत पहल गर्नुपर्नेमा जोड दिए भने विज्ञापनमा सामुहिक सहकार्य गर्नुपर्ने बताए ।

पत्रकार सुरेशचन्द्र दाहालले मिडियाको महत्व स्थानीय तहलाई बुझाउन आवश्यक रहेको बताए । उनले पत्रकारितामा दक्ष जनशक्तिको अभाव रहेको र नयाँ पुस्तालाई तालिम तथा व्यावसायिक ज्ञान आवश्यक रहेको धारणा राखे । उनले आपसमा सहकार्य गरेर सीपको आदान प्रदान गर्नुपर्ने बताए ।

पत्रकार गणेश निरौलाले समस्या पर्दा पत्रकारहरूबीच विभाजन देखिने गरेको उल्लेख गर्दै विचार फरक भए पनि पेशाप्रति इमान्दार भएर एकताबद्ध हुनुपर्ने बताए ।

पत्रकार सुप्रिया राईले अहिले पत्रकारितामा सिपको मूल्यांकन बढ्दै गएको बताउँदै काम गर्नेहरूका लागि अवसरहरू बढेर आएको धारणा राखिन् । उनले संगठनको आवश्यकता र एकअर्काबीच सहयोगको महत्व पनि औँल्याइन् ।

पत्रकार तेज वनले पुराना पुस्ताका पत्रकारहरूको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताए । उनले इटहरीमा सक्षम पत्रकारहरूको ठूलो सम्भावना रहेको उल्लेख गरे । यस्तै पत्रकार सन्जीप तिम्सिनाले मिडियामा अहिले चुनौति देखिएको बताउँदै मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।

पत्रकार बाबुराम कार्कीले पत्रकार महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने उल्लेख गर्दै पत्रकारहरूको स्वास्थ्य, सुरक्षा र संस्थागत संरचनालाई मजबुत बनाउन आवश्यक रहेको बताए । उनले इटहरीमा निर्माणाधिन पत्रकार महासंघको भवन अलपत्र रहेको बताउँदै अक्षयकोष लगायतको व्यवस्थापनमा गम्भीर भएर लाग्नुपर्ने बताए ।

पत्रकार रञ्जना पौडेलले पत्रकारहरूबीच एकअर्कालाई सहयोग गर्ने संस्कृतिको कमी रहेको बताउँदै आर्थिक समस्याका कारण मिडिया हाउसहरूले कर्मचारी टिकाउन कठिन भएको धारणा राखिन् । उनले पत्रकारका लागि स्वास्थ्य बीमा जस्ता सुविधाको आवश्यकता पनि औँल्याइन् ।

पत्रकार ज्योति पोख्रेलले पछिल्लो समय पत्रकारहरूलाई सुरक्षाको चुनौती बढ्दै गएको बताउँदै रिपोर्टिङका क्रममा असुरक्षा महसुस गर्नुपरेको अनुभव सुनाइन् ।

पत्रकार विकल पौडेलले मिडिया सकियो भन्ने नकारात्मक भाष्य बढिरहेको भए पनि पत्रकारितामा अझै धेरै सम्भावना रहेको बताए । उनले समाचारमा मात्र केन्द्रित रहने गरी जनशक्ति विकास गर्न आवश्यक रहेको बताए ।

पत्रकार लिलाराज भट्टराईले इटहरीलाई कुनै विशेष क्षेत्रको राजधानीका रूपमा विकास गर्ने सम्भावना इटहरीका मिडियाले देखाउन सक्ने बताए । उनले मिडिया साक्षरता र राजनीतिक साक्षरता बढाउनुपर्ने आवश्यकता पनि औँल्याए ।

पत्रकार सचिन पोख्रेलले सञ्चारकर्मीहरूबीच नियमित सम्पर्क र समन्वयको वातावरण बनाउनुपर्ने बताए । उनले सञ्चारग्राम लगायत अवधारणामा गएर केही नयाँ गर्न सकिने धारणा राखे । उनले स्थानीय विकासका सवालहरुमा सबै मिडियाले एकसाथ काम गर्नुपर्ने बताए ।

पत्रकार चेतन धमलाले पत्रकारिताको विश्वसनीयता र प्रभावकारिता कमजोर हुँदा विज्ञापन बजार पनि प्रभावित भएको उल्लेख गर्दै गुणस्तरीय सामग्री उत्पादनले विश्वसनीयता बढाउने बताए । उनले मिडियाबारे आम नगरवासीलाई बुझाउनुपर्नेमा जोड दिए ।

पत्रकार समिर दुलालले पछिल्लो समय पत्रकारमाथि भौतिक आक्रमणका घटना बढेको उल्लेख गर्दै रिपोर्टिङका क्रममा सुरक्षाको चुनौती गम्भीर बन्दै गएको बताए ।

पत्रकार हिमाल दाहालले इटहरीको दिगो विकासका लागि सञ्चार क्षेत्रको भुमिका अग्रणी हुने बताए । उनले इटहरीमा सुरु भएको भोलिको इटहरी भिजन २०५० अभियानको स्वरुपको चर्चा गरेका थिए । इटहरीमा भएका कामको निगरानी, खबरदारी गर्ने र सर्वसाधारणका समस्याहरुलाई मिडियामार्फत् उजागर गर्न थप सक्रिय हुनुपर्नेमा जोड दिएका थिए । उनले भोलिको इटहरी अभियानअन्तर्गत विभिन्न २१ वटा क्षेत्रको २५ वर्षे योजना बन्ने र त्यसले इटहरीको विकासमा नयाँ आयाम ल्याउने बताए ।

ShareTweetPin
Previous Post

एनआरएनए स्कटल्याण्डद्वारा एडिनबरामा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस विशेष कार्यक्रम

Next Post

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प श्रेष्ठ

Next Post
चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प श्रेष्ठ

चलचित्र पत्रकार संघ सुनसरीको अध्यक्षमा सुवास संकल्प श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.