No Result
View All Result
Friday, April 3, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सिनेमा र पर्यटनको संगम : कोशीमा चलचित्रकर्मी महासंघको विशेष अन्तरक्रिया

फलैचा न्यूज by फलैचा न्यूज
माघ ५, २०८२
in समाचार, स्थानीय, हेडलाइन
0
सिनेमा र पर्यटनको संगम : कोशीमा चलचित्रकर्मी महासंघको विशेष अन्तरक्रिया
Share on FacebookShare on Twitter

इटहरी। चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा “सिनेमामा कोशी प्रदेश २०८२” अन्तर्गत कोशी पर्यटन प्रवर्द्धनमा सिनेमा र कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा कोशी प्रदेशमै रहेर कलाकारिता क्षेत्रमा सक्रिय कलाकारहरूलाई परिचयपत्र वितरण गरिएको थियो भने चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न चलचित्रकर्मी तथा संघ–संस्थालाई सम्मान गरिएको थियो। कोशी प्रदेशमै सम्पूर्ण छायांकन सम्पन्न गरी यस वर्षकै ऐतिहासिक सफलता हासिल गर्न सफल चलचित्र ‘परान’ का लेखक तथा निर्देशक दीपक आचार्य ‘काकु’ सम्मानित भए।

त्यसैगरी फ्युचर कोलोनीमा चलचित्रकर्मी महासंघलाई भवनसहितको जग्गा प्रदान गर्ने फ्युचर रियल स्टेट हाउजिङ प्रा.लि.का प्रबन्ध निर्देशक यम लामा सम्मानित भए। चलचित्रकर्मीका छोरा–छोरीलाई कक्षा १ देखि १० सम्म अध्ययनमा २५ प्रतिशत छुट दिने इटहरी नोबल एकेडमीका अध्यक्ष राजेन्द्र श्रेष्ठ, ड्राइभिङ सिकाइमा २५ प्रतिशत छुट प्रदान गर्ने नेपाल हेब्बी ड्राइभिङ स्कुल इटहरीका प्रबन्ध निर्देशक शिव श्रेष्ठ तथा होटल म्यानेजमेन्ट अध्ययनमा २५ प्रतिशत छुट दिने वाइट हाउस इन्टरनेशनल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टकी सङ्गिता श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। साथै नोबेल मेडिकल कलेज विराटनगर, बी एण्ड सी हस्पिटल बिर्तामोड, कस्तुरी कलेज इटहरीलगायत संस्थाहरूलाई सम्मान प्रदान गरियो।

कार्यक्रममा लण्डनमा आयोजना हुने निफ (NIF) को दोस्रो सिजनको ब्यानर समेत सार्वजनिक गरिएको थियो। कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुली, अभिनेता शिव श्रेष्ठ, वरिष्ठ चलचित्रकर्मी तथा निर्देशक रमेश बुढाथोकी, आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मेजर (रि.) योगेश कोयी राईलगायतलाई चलचित्रकर्मी महासंघ कोशी प्रदेशको मानार्थ आजीवन सदस्यता प्रदान गरिएको थियो।

पूर्वी नेपालमा रहेर कलाकारिता क्षेत्रमा आबद्ध कलाकारहरूलाई परिचयपत्र वितरण गर्दै कार्यक्रम सिनेमा, कलाकार र पर्यटनबीचको सहकार्यलाई थप मजबुत बनाउने सन्देशसहित सम्पन्न भयो।

ShareTweetPin
Previous Post

किसान कल्याण साकोसले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट पायाे इजाजतपत्र

Next Post

हसनपुरमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुने

Next Post
हसनपुरमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुने

हसनपुरमा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.