No Result
View All Result
Friday, March 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेपाली फिल्मलाई विश्व बजारमा पुर्‍याउने लक्ष्यसहित लन्डनमा इन्फा अवार्ड

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १०, २०८२
in मनाेरञ्जन, हेडलाइन
0
नेपाली फिल्मलाई विश्व बजारमा पुर्‍याउने लक्ष्यसहित लन्डनमा इन्फा अवार्ड
Share on FacebookShare on Twitter

लण्डन । नेपाली फिल्मलाई विश्वव्यापी बजारमा चिनाउने उद्देश्यसहित इन्फा अवार्डको दोस्रो संस्करण लन्डनमा आयोजना हुने भएको छ । जसका लागि तयारी तीव्र बनाइएको आयोजकले जनाएको छ , आगामी सेप्टेम्बर १३ मा हुने गरी तय गरिएको यस अवार्डले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।

जसका लागि फिल्म मूल्याङ्कन प्रक्रिया अहिले सुरु भइसकेको छ । ज्यूरीमा वरिष्ठ कलाकार गौरी मल्ल संयोजकका रूपमा, निर्देशक रमेश बुढाथोकी र करुण सदस्यका रूपमा रहेका छन् । उनीहरूले प्रतिस्पर्धामा रहेका फिल्महरूको अध्ययन कान्तिपुर फिल्म एकेडेमीमा गरिरहेका छन् ।

गत वर्ष नेपाली फिल्मका लागि व्यापारिक र सिर्जनात्मक दुवै दृष्टिले महत्त्वपूर्ण वर्ष बनेको थियो । ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’, ‘ज्वाइँसाब’ जस्ता फिल्मले बक्स अफिसमा उत्कृष्ट सफलता पाएका थिए भने बिजय बरालको ‘पूर्ण बहादुरको सारङ्गी’ ले सामाजिक संवेदनशील विषय प्रस्तुत गरेर दर्शक मन जितेको थियो ।

२५ विधामा अवार्ड
गत वर्ष पहिलो संस्करणमा २० विधामा अवार्ड वितरण गरिएकोमा यस पटक २५ विधामा अवार्ड वितरण हुने भएको छ भने उत्कृष्ट ३ को मनोनयन सूची चाँडै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने आयोजकको दाबी रहेको छ । यसअघि उत्कृष्ट ५ को सूचि सार्वजनिक भइसकेको छ ।

जसमा उत्कृष्ट फिल्मको मनोनयनमा ‘एञ्जिला’, ‘छक्का पञ्जा ५’, ‘कार्साङ’, ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘तेल भिसा’ पर्न सफल भएका छन् । यी फिल्महरूले व्यापारिक सफलता मात्र नभई विषयवस्तु र प्रस्तुतिका कारण पनि चर्चामा रहेका थिए ।

निर्देशनतर्फ मिलन चाम्स  -एञ्जिला, दीपाश्री निरौला -छक्का पञ्जा ५०, यम शेर्पा -कार्साङ,सरोज पौडेल -पूर्ण बहादुरको सारङ्गी, र शङ्कर घिमिरे -तेल भिसा मनोनयनमा परेका थिए ।

अभिनेतातर्फ दयाहाङ राई ‘कार्साङ’,दीपकराज गिरी ,छक्का पञ्जा ५, जितु नेपाल ज्वाइँ साब’, प्रदीप खड्का ,पिताम्बर’ र विजय बराल -पूर्ण बहादुरको सारङ्गी’ बिच प्रतिस्पर्धा हुनेछ । अभिनेत्रीमा स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, नीता ढुङ्गाना, उपासना सिंह ठकुरी र मलिका महत मनोनयनमा परेका थिए ।

यसै गरी पटकथा, सम्पादन, छायाङ्कन, खलनायक, सह–अभिनेता-अभिनेत्री, नव–अभिनेता-अभिनेत्री, द्वन्द्व निर्देशन, नृत्य निर्देशन, पाश्र्वगायन र संगीतकारसहितका २५ विधामा अवार्ड प्रदान गरिने भएको हो ।

गत वर्षको पहिलो संस्करणमा यूकेवासी नेपाली समुदायले कार्यक्रममा देखाएको उत्साहले आयोजकलाई थप भव्य बनाउन प्रेरित गरेको थियो । यस पटक पनि कार्यक्रमलाई अझै व्यवस्थित र आकर्षक बनाउन तयारी तीव्र गतिमा अघि बढाइएको हो ।

ShareTweetPin
Previous Post

छैठौं शुभकामना दौड सम्पन्न

Next Post

फेसबुकसहित सबै सामाजिक सञ्जाललाई सरकारको सात दिनको अल्टिमेटम

Next Post
फेसबुकसहित सबै सामाजिक सञ्जाललाई सरकारको सात दिनको अल्टिमेटम

फेसबुकसहित सबै सामाजिक सञ्जाललाई सरकारको सात दिनको अल्टिमेटम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.