जीवन राई- बराहक्षेत्र। सुनसरीको बराहक्षेत्र मन्दिर दर्शन गरेर फर्किने क्रममा ढुङ्गा खस्दा राजविराजका जीवन शाहको मृत्यु भएको छ। शुक्रबार पाखाबाट खसेको ढुङ्गाले शाहको टाउकोमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
राजविराजबाट दुईवटा मोटरसाइकलमा चार जना बराहक्षेत्र दर्शनमा आएका थिए। उनिहरु दर्शन गरेर फर्कने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नयाव उपरिक्षक दिवश कुवँरले जानकारी दिए ।
निरन्तरको भारी वर्षाका कारण बाटो अवरुद्ध भएको भए पनि उनीहरू जबर्जस्ती यात्रा गर्न खोज्दा घटना घटेको बराहक्षेत्र नगरपालिका वाड नं १ का वडा सदस्य कुमार भट्टराईले बताए ।
मृतक शाहसहित सबै जना सप्तरीको राजविराज नगरपालिका–५ का बासिन्दा रहेको मृतकका साथी महेश शाहले जानकारी दिए ।

















