No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

उज्यालो नेपाल’ अभियानसहित कुलमान घिसिङ लन्डनमा:

फलैचा न्यूज by फलैचा न्यूज
साउन २६, २०८२
in समाचार, समाज
0
उज्यालो नेपाल’ अभियानसहित कुलमान घिसिङ लन्डनमा:
Share on FacebookShare on Twitter

लन्डन:

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ सोमबार बिहान लन्डन आइपुगेका छन्। ‘उज्यालो नेपाल’ अभियानसहित विभिन्न देशको भ्रमणमा रहेका घिसिङ यसअघि अमेरिकामा थिए।

लन्डनको हिथ्रो विमानस्थलको टर्मिनल २ मा उनी अवतरण गर्नेबित्तिकै एनआरएनए यूकेका प्रतिनिधि र नेपाली समुदायले फूलमाला र तालीका साथ भव्य स्वागत गरे। उपस्थितहरूले घिसिङको ऊर्जा क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै विदेशमा पनि नेपालका सम्भावना र अवसरबारे सुनाउने उनको प्रयासको सराहना गरे।

घिसिङले लन्डनमा रहँदा नेपाली प्रवासीहरूसँग ऊर्जा विकास, लगानी र ‘उज्यालो नेपाल’ अभियानका भावी योजनाबारे छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, आइसीसी सदस्यद्वय विजय गुरुङ र सिरी गुरुङ, संरक्षक भरत रोका क्षेत्री, उपाध्यक्षद्वय तीर्थबहादुर मल्ल (अनिल) र धनबहादुर तामाङ, महासचिव जुरेन्द्र खजुम लिम्बु, सचिव कृष्णप्रसाद खतिवडा, प्रमुख सल्लाहकारद्वय क्याप्टेन रि. वीर थापा र रत्न राई एवं एनआरएनए आइसीसी सल्लाहकार थर्क सेनले घिसिङलाई स्वागत गरे ।

एनआरएनए यूकेले कुलमानसंग आगामी १५ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा ‘मिट एन्ड ग्रीट’ गर्ने तयारी गरेको छ । उक्त कार्यक्रममा सहभागी भएर घिसिङसँग अन्तरक्रिया गर्दै ‘अन लिमिटेड थ्री कोर्स मिल’ को स्वादमा रमाउन संघका अध्यक्ष प्रेम गाहा मगरले अपिल गरेका छन् ।

कार्यक्रममा बेलायत नेपाल सम्बन्ध र गोर्खाहरुको योगदान, नयाँ नेपाल निर्माण गर्ने उनको योजना, नेपालीका दु:ख सु:ख आदिबारे पनि अन्तरक्रिया हुने जनाइएको छ ।

सो अवसरमा तामाङ सेलो, खुकुरी डान्स, नौमति बाजा जस्ता प्रस्तुति रहने संघको भनाइ छ । घिसिङले गोर्खा सालिकमा रिथ चढाएपछि उनलाई पाइपर धुनका साथ रेड कार्पेटमा स्वागत गरिने गाहा मगरले बताए ।

सबै क्षेत्रमा सुशासन, सामाजिक न्याय, गरिबी हटाउन, रोजगारी ल्याउन र निराशालाई आशामा बदल्न ‘उज्यालो नेपाल’ अभियान लिएर अगाडि बढेका घिसिङ राजनीतिमा आउने चर्चाले अहिले बजार तातेको छ।

ShareTweetPin
Previous Post

लन्डनमा नेपथ्यको नयाँ इतिहास : १० हजार दर्शकमाझ गूञ्जियो नेपाली धुन

Next Post

रवि लामिछानेलाई थुनामै राख्ने आदेश:

Next Post
रवि लामिछानेलाई थुनामै राख्ने आदेश:

रवि लामिछानेलाई थुनामै राख्ने आदेश:

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.