No Result
View All Result
Friday, March 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

लन्डनमा नेपथ्यको नयाँ इतिहास : १० हजार दर्शकमाझ गूञ्जियो नेपाली धुन

फलैचा न्यूज by फलैचा न्यूज
साउन २६, २०८२
in समाचार, हेडलाइन
0
लन्डनमा नेपथ्यको नयाँ इतिहास : १० हजार दर्शकमाझ गूञ्जियो नेपाली धुन
Share on FacebookShare on Twitter

लन्डन।

लन्डनको प्रतिष्ठित वेम्बली एरिना शनिबार बेलुकी नेपाली संगीतको रंगमा रङ्गिएको थियो। १२ वर्षअघि आफ्नो सांगीतिक छाप छोडेको नेपथ्य ब्यान्डले यसपटक अझ ठूलो सफलतासहित इतिहास दोहोर्याएको हो।

विश्वकै व्यस्त सहरको मध्यभागमा आयोजना भएको कन्सर्ट उत्सवसरह बदलिएको थियो। हलभित्रका १० हजार सिट भरिएका थिए, दर्शकहरूको उत्साह र उर्जाले पूरा वातावरण गुञ्जायमान थियो।

कन्सर्ट तोकिएको समयमै सुरु भयो। पहिलो प्रस्तुति थियो ‘कोशीको पानी’। चौथो नम्बरमा आएको ‘आँगनैभरि’ गीतले भने विशेष भावनात्मक क्षण सिर्जना गर्‍यो। यो गीत अमृत गुरुङले नेपथ्य स्थापना हुनुभन्दा धेरैअघि, कास्कीको याङ्जाकोटमा बाल्यकालका साथी पुस्कल गुरुङको सामुन्ने रचेका थिए।

३५ वर्षपछि, लन्डनको विशाल दर्शकबीच पुस्कल स्वयं उपस्थित भई त्यो गीत सुन्न पाउँदा भावुक भए।“गाउँको आँगनमा सुनेको गीत आज वेम्बलीमा गुञ्जिएको देख्दा, यो दिन मेरो जीवनकै अविस्मरणीय क्षण भयो,” उनले भने।

मञ्चमा अमृत गुरुङ केवल गीतकार वा गायक भएर मात्र होइन, कथावाचक र सन्देशवाहक भएर पनि चम्किए। उनले गीतहरूबीचमा नेपाली भाषा, संस्कृति र स्वदेशप्रतिको प्रेमबारे मन्तव्य दिए।लन्डनको यति ठूलो दर्शक घेराले जब ती कुरा चर्को आवाजसहित मन पराइदियो, छाती सगरमाथाजस्तै अग्लो भएको महसुस भयो,अमृतले भने।

यसपटकको वेम्बली यात्रा बेलायतकै ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’ ले आयोजना गरेका हुन् । ‘शो हेर्ने १० हजार दर्शकका लागि आजको साँझ जीवनकै अविस्मरणीय बनेको छ,’ आयोजक टोलीका दीपेन्द्र लामाको प्रतिक्रिया थियो, ‘वेम्बलीमा नेपथ्यको इतिहास यसरी भव्यतासाथ पुनर्लेखन गर्न सहयोग गर्नुभएका सबैप्रति आभार प्रकट गर्छु ।’

वेम्बली एरिनामा प्रस्तुतिलगत्तै नेपथ्य टोलीले अब युरोपको शृङ्खलाबद्ध यात्रा गर्दै छ । त्यस क्रममा अगस्त २३ मा डेनमार्कको राजधानी कोपेनहेगनमा नेपथ्य प्रस्तुत हुनेछ । त्यसपछि २७ तारिखमा माल्टाको आटार्ड, ३१ तारिखमा पोर्चुगलको लिस्बन हुँदै अन्तिममा सेप्टेम्बर ३ मा बेल्जियमको एन्थ्रोपेन सहरमा प्रस्तुत भएर यात्रा टुङ्गिनेछ ।

 

ShareTweetPin
Previous Post

कक्षा १२ को नतिजा सार्बजनिक

Next Post

उज्यालो नेपाल’ अभियानसहित कुलमान घिसिङ लन्डनमा:

Next Post
उज्यालो नेपाल’ अभियानसहित कुलमान घिसिङ लन्डनमा:

उज्यालो नेपाल’ अभियानसहित कुलमान घिसिङ लन्डनमा:

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.