No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बेलायतमा नेपाली विद्यार्थीमाथि बढ्दो मानसिक दबाब: भ्रामक सपना, कठोर यथार्थ

फलैचा न्यूज by फलैचा न्यूज
साउन १७, २०८२
in मुख्य समाचार, समाचार, समाज, हेडलाइन
0
बेलायतमा नेपाली विद्यार्थीमाथि बढ्दो मानसिक दबाब: भ्रामक सपना, कठोर यथार्थ
Share on FacebookShare on Twitter

लन्डन, बेलायत —
अध्ययन र उज्वल भविष्यको सपना बोकेर बेलायत पुगेका नेपाली विद्यार्थीहरूमाथि पछिल्लो समय एक गहिरो मानसिक संकट चुलिंदो देखिएको छ। सस्तोमा पढ्ने, सजिलै काम पाइने र छिटो ऋण तिर्न सकिनेजस्ता अपेक्षासहित आउने धेरै विद्यार्थीहरू कठोर यथार्थसँग टक्कर खाँदै असामयिक रूपमा ज्यान गुमाइरहेका छन्।

गत जुन १४ तारिख, लन्डनको प्रतिष्ठित वेम्बली स्टेडियममा कार्यरत २७ वर्षीय विपिन न्यौपाने मृत फेला परे। डेढ वर्षअघि मास्टर्स अध्ययनका लागि आएका विपिनले केही समयअघि मात्रै पिएसडब्लु पोस्ट स्टडी वर्क भिसा पाएर पूर्ण समय काम गर्न थालेका थिए। गुल्मी पुख्र्यौली र रुपन्देहीको मणिग्रामका स्थायी बासिन्दा विपिनको अन्त्येष्टि एल्थामस्थित क्रिमेटोरियममा गरियो।

यस्तै, रुकुम पश्चिमका सुशान ओली गत अप्रिल २३ देखि सम्पर्कविहीन थिए। खोजीको पाँचौं दिन, अप्रिल २८ मा उनको शव थेम्स नदी किनारमा फेला पर्यो। कोभेन्ट्री युनिभर्सिटीमा अध्ययनरत सुशान पनि उज्वल भविष्यका सपना बोकेर बेलायत आएका थिए।

२० वर्षीय सुजल बराल, युनिभर्सिटी अफ वेस्ट लन्डनका छात्र, ससेक्सस्थित समुन्द्री भीरबाट खसेर मृत भेटिए।
३० वर्षीय ओमी प्रजापति, नर्दन आयरल्यान्डस्थित आफ्नो घरमै सुतेको अवस्थामा मृत फेला परे।

यी सबै घटना एउटै सन्देश दिइरहेका छन्—बेलायतको जीवनशैली, आर्थिक दबाब, सामाजिक अलगाव र अपरिपक्व उमेरमा भोगिने मानसिक तनाव नेपाली विद्यार्थीका लागि घातक बन्दैछ।

‘प्रोपर गाइडेन्स’ को खाँचो

लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी भन्छन्,
विद्यार्थीहरू कानून उल्लंघन, मानसिक समस्या र कुलततिर तानिँदै गइरहेका छन्। धेरै घटनाहरू त बाहिरसम्म आइपुग्दैनन्—हामीले साथीभाइ वा आफन्तबाट थाहा पाउँछौं।उनका अनुसार, बेलायत आएपछि कोही काम पाउन सक्दैनन्, कोही सम्बन्ध विच्छेदको पीडामा पर्छन्, त कोही ऋणको चाङसँगै दिनरात काममा जोतिन्छन्। यस्तो अवस्थामा गम्भीर मानसिक समस्या उत्पन्न हुने खतरा उच्च हुन्छ।कतिपय विद्यार्थी ‘कागजी बिहे’मार्फत बेलायत आउँछन्। पछि सम्बन्ध बिग्रेर डिभोर्स हुँदा उनीहरू गहिरो डिप्रेशनमा जान्छन्,दुवाडी बताउँछन्।

तथ्यले के भन्छ ?
(सन् २०२३ मा इङ्गल्याण्ड र वेल्समा ६,०६९ आत्महत्याका घटना दर्ता भएका छन् – यो पछिल्लो २५ वर्षकै उच्च दर हो।
(यीमध्ये करिब १०५ आत्महत्या कामसँग प्रत्यक्ष सम्बन्धित छन्।
(विश्व स्वास्थ्य संगठनका अनुसार, हरेक वर्ष ७ लाख २७ हजारभन्दा बढी मानिस आत्महत्याका कारण ज्यान गुमाउँछन्।
(आत्महत्या १५–२९ वर्षका युवाहरूको मृत्युको तेस्रो प्रमुख कारण हो।

अब के गर्ने ?
-अभिभावकले विदेश पठाउनुअघि सन्तान मानसिक रूपमा तयार छन् वा छैनन् भन्ने सुनिश्चित गर्नुपर्छ।
– शैक्षिक काउन्सिलिङ, मानसिक स्वास्थ्यको परामर्श, र सहयोगी गाइडेन्स सिस्टम बेलायतमै व्यवस्थित हुन जरुरी छ।
-दूतावास, समाजसेवी संस्था र विद्यार्थी संगठनहरूले मिलेर ‘क्राइसिस रेस्पोन्स नेटवर्क’ खडा गर्न सक्नुपर्छ।

सपना देख्नु गलत होइन, तर त्यसको तयारी नगरी त्यहाँ पुग्नु खतरनाक हुन्छ”

बेलायत सबैका लागि सजिलो यात्रा होइन। यो देशमा सफलता सम्भव छ — तर त्यहाँ पुग्न धैर्य, योजना, र समर्थन प्रणाली अपरिहार्य छ।आत्महत्याका घटना दर्ता भएका छन् – यो पछिल्लो २५ वर्षकै उच्च दर हो।
(यीमध्ये करिब १०५ आत्महत्या कामसँग प्रत्यक्ष सम्बन्धित छन्।
(विश्व स्वास्थ्य संगठनका अनुसार, हरेक वर्ष ७ लाख २७ हजारभन्दा बढी मानिस आत्महत्याका कारण ज्यान गुमाउँछन्।
(आत्महत्या १५–२९ वर्षका युवाहरूको मृत्युको तेस्रो प्रमुख कारण हो।

सपना देख्नु गलत होइन, तर त्यसको तयारी नगरी त्यहाँ पुग्नु खतरनाक हुन्छ

बेलायत सबैका लागि सजिलो यात्रा होइन। यो देशमा सफलता सम्भव छ — तर त्यहाँ पुग्न धैर्य, योजना, र समर्थन प्रणाली अपरिहार्य छ।

ShareTweetPin
Previous Post

लडाईं पहिचानको’ जातीय पहिचानको कथा, चलचित्रको पर्दामा सामाजिक प्रतिरोध

Next Post

गुल्मी जिल्ला समाज यूकेले आयोजना गरेको १७ औ बार्षिक भेटघाट सम्पन्न

Next Post
गुल्मी जिल्ला समाज यूकेले आयोजना गरेको १७ औ बार्षिक भेटघाट सम्पन्न

गुल्मी जिल्ला समाज यूकेले आयोजना गरेको १७ औ बार्षिक भेटघाट सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.