रामधुनी । नेपाल बैंक लिमिटेड चक्रघट्टि शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले रामधुनी–७ स्थित श्री पञ्चायत माध्यमिक विद्यालयलाई ५० लिटर क्षमताको आरओ वाटर प्युरिफायर हस्तान्तरण गरेको छ।
मंगलबार नेपाल बैंक लिमिटेड कोशी प्रदेश प्रमुख सूर्य प्रकाश भट्ट, शाखा प्रबन्धक चन्द्रमणी अधिकारी र खजान्ची सागर लामिछानेले विद्यालय प्रशासनलाई औपचारिक रूपमा वाटर प्युरिफायर हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीहरुलाई शुद पिउने पानि उपलब्ध गराउने उद्देश्यका साथ बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो समाग्री प्रदान गरिएको नेपाल बैंक लिमिटेड चक्रघट्टि शाखाका खजान्ची सागर लामिछानेले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षक र विद्यार्थीले नेपाल बैंकप्रति आभार प्रकट गर्दै, बैंकको सहयोगले विद्यार्थीहरूलाई शुद पिउने पानी पिउन सहज भएको भन्दै धन्यवाद व्यक्त गरे ।


















