No Result
View All Result
Friday, March 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘मिस एसईई इटहरी’ को ताज श्रेयसी भट्टराईलाई

फलैचा न्यूज by फलैचा न्यूज
असार १, २०८२
in समाचार, समाज
0
‘मिस एसईई इटहरी’ को ताज श्रेयसी भट्टराईलाई
Share on FacebookShare on Twitter

इटहरी । ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको फाइनलबाट श्रेयसी भट्टराईले उपाधि हात पारेकी छिन् । शनिबार इटहरीको लायन्स क्लबमा भएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उनी ‘मिस एसईई इटहरी’ बन्न सफल भएकी हुन्। उनले एसबी मेकअप स्टुडियोबाट मेकअप क्लासमा पूर्ण छात्रवृत्ति र सुष्मा गोदावरी कलेजबाट प्लस टू अध्ययनका लागि पूर्ण छात्रवृत्ति सहित अन्य उपहारहरु प्राप्त गरेकी छिन् ।

श्रेयसी भट्टराईले जितिन् ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको ताज

त्यस्तै, अदिति गुरागाईं फर्स्ट रनरअप बन्न सफल भइन् भने पवित्रा कुँवर सेकेन्ड रनर अप भएकी छन् । उनीहरूले सुष्मा गोदावरी कलेजमा प्लस टू अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन् । अमीका घिमिरे थर्ड रनर अप बनिन् भने उनले पनि सुष्मा गोदावरी कलेजमा प्लस टू अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरिन् । यस्तै ग्रान्ड फिनालेबाट रेनेशा प्रधानले पब्लिक च्वाइस अवार्ड जितिन् । उनले फुडसाला क्याफेको तर्फबाट १० हजार नगद, सुष्मा गोदावरी कलेजबाट प्लस टूमा ५० प्रतिशत छात्रवृत्ति र एसबी मेकअप स्टुडियोबाट मेकअप क्लासमा पूर्ण छात्रवृत्ति प्राप्त गरिन् ।

फाइनलबाट संस्कृति दाहाल अर्गनाइजर च्वाइस घोषित भइन् भने उनले एसबी मेकअप स्टुडियोबाट मेकअप क्लासमा पूर्ण छात्रवृत्ति तथा सुष्मा गोदावरी कलेजबाट प्लस टूमा पूर्ण छात्रवृत्ति जितिन् । ओपन स्पेस प्रालिको आयोजनामा सरोज श्रेष्ठद्वारा निर्देशित यो प्रतियोगिताको समापन समारोहमा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङबाङ प्रमुख अतिथि थिए । सजिना श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा २६ जना प्रतिस्पर्धीले अन्तिम प्रतिस्पर्धा गरेका थिए ।

ग्रान्ड फिनालेको निर्णायक मण्डलमा कोशी प्रदेश प्याब्सन अध्यक्ष सुमित थापा, उद्यमी एवं सञ्चारकर्मी बिजु श्रेष्ठ, शिक्षिका रेश्मा रायमाझी, अधिवक्ता अदव बान्तवा र प्रमुख निर्णायकको रूपमा मिस नेपाल २००५ सुगरिका केसी रहेका थिए । प्रतिष्पर्धीहरुलाई सब टाईटल पनि प्रदान गरिएको थियो ।

संस्कृति दाहालले ‘ब्युटी विथ पर्पस’, ‘मिस ट्यालेन्ट’ र ‘सोसल मिडिया’ को सब टाईटल जितिन् भने सुजना श्रेष्ठ ‘मिस पपुलर’ बनिन् । पवित्रा कुँवरले ‘मिस बेस्ट डान्सर’, रेश्मा विष्टले ‘मिस पर्सनालिटी’, श्रेयसी भट्टराईले ‘इन्टेलेक्चुअल’, युना राईले ‘बेस्ट वाक’, पुष्पाञ्जलि श्रेष्ठले ‘मिस डिसिप्लिन’, पेरिशा शंकरले ‘मिस फ्रेन्डशिप’, बेदिका भुजेलले ‘मिस फोटोजेनिक’, नुना अधिकारीले ‘मिस क्रिएटिभ’, बिनिशा सिग्देलले ‘मिस बेस्ट ट्रान्सफर्मेसन’ र अदिति गुरागाईंले ‘मिस कन्फिडेन्ट’को उपाधि जितिन् ।

शुभेक्षा कार्कीले प्रतिस्पर्धीहरूको कोरियोग्राफी गरेकी थिइन् भने फाइनल कार्यक्रम सञ्चालन पनि उनैले गरेकी थिइन् । कार्यक्रमलाई आकाश इन्स्टिच्युट र यार्सागुम्बाले सहयोग गरेका थिए भने मिडिया पार्टनर परीकला न्यूज रहेको थियो । एसबी मेकअप एण्ड नेल स्टुडियोले प्रतिस्पर्धीहरूको श्रृङ्गार गरेको थियो भने निश्चल ग्यालरीले फोटोग्राफी तथा भिडियोग्राफी गरेको थियो । निधि बुटिक ड्रेस डिजाइनर र वि प्रोडक्सन डिजाइनिङ पार्टनर थिए । इटहरी उपमहानगरपालिकाको संयोजनमा भएको यो कार्यक्रमको एजुकेशन पार्टनर सुष्मा गोदावरी कलेज थियो ।

ShareTweetPin
Previous Post

‘ऊनको स्वीटर’ काे सबै गीत करोड क्लबमा

Next Post

कानूनबमोजिम बाहेक पत्रकार पाठकलाई धरपकड नगर्न उच्च अदालतको आदेश

Next Post
कानूनबमोजिम बाहेक पत्रकार पाठकलाई धरपकड नगर्न उच्च अदालतको आदेश

कानूनबमोजिम बाहेक पत्रकार पाठकलाई धरपकड नगर्न उच्च अदालतको आदेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.