No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

स्वास्थ्य बीमाका कारण कारोबार घट्दो, लगानी जोखिममा परेको औषधि व्यवसायीको गुनासो

फलैचा न्यूज by फलैचा न्यूज
जेष्ठ २६, २०८२
in अर्थ, समाचार
0
स्वास्थ्य बीमाका कारण कारोबार घट्दो, लगानी जोखिममा परेको औषधि व्यवसायीको गुनासो
Share on FacebookShare on Twitter

इटहरी। नेपाल औषधि व्यवसायी संघ, सुनसरीको आयोजनामा सम्पन्न भएको औषधि थोक विक्रेताहरूको मेला तथा अन्तरक्रिया कार्यक्रम इटहरीको गंगा जमुनामा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा सुनसरी जिल्लाभरिका थोक औषधि व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा संघका महासचिव नविन राज गौतमले स्वास्थ्य बीमाको कार्यान्वयनसँगै औषधि कारोबारमा उल्लेखनीय गिरावट आएको बताउनुभयो। उहाँका अनुसार, अहिले धेरैजसो बीमा लागु भएका फार्मेसीहरूमा औषधि थोक विक्रेतामार्फत नभइ सीधै कम्पनी वा आयातकर्ताबाट खरिद गर्न थालिएको छ, जसले गर्दा थोक विक्रेताहरू थप अप्ठेरोमा परेका छन्।

गौतमले थपे, “कारोबार घटेपछि लगानीको प्रतिफल पाउन कठिन भएको छ। बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको छ, जुन दीर्घकालीन रूपमा समग्र औषधि व्यवसायका लागि घातक हुन सक्छ।”

थोक संयोजक शत्रुघ्न प्रसाद शाहले औषधिको कारोबारमा आएको मन्दीका कारण विगतका वर्षहरूको तुलनामा औषधि ‘एक्सपायर’ हुने दर निकै बढेको बताए। उनले भने, “एक्सपायर औषधिको हिसाब–किताब मिलाउन कम्पनीहरूले धेरै समय लिन्छन्, जसले थप समस्या सिर्जना गर्छ।”

संघका संस्थापक अध्यक्ष रविन्द्र घिमिरेले कुनै पनि कम्पनी वा आयातकर्ताले नयाँ थोक विक्रेता नियुक्त गर्नुअघि सम्बन्धित जिल्लाको औषधि व्यवसायी संघबाट अनापत्ति पत्र (NOC) लिनैपर्ने व्यवस्था गर्नुपर्ने बताए।

संघका  जिल्ला अध्यक्ष दिपेन्द्र कुमार साहले औषधि कम्पनीहरूले हाल पोस्ट डेटेड चेक (PDC) को माग गर्दै व्यापारमा अनावश्यक दबाब सिर्जना गरिरहेको गुनासो पाेखे। उनले भने, “थोक कारोबार नगद वा उधारोमा मात्र हुनुपर्छ। PDC को चलनले थोक व्यवसायीहरूलाई अनावश्यक आर्थिक जोखिममा पार्दछ, त्यसैले यसमा पूर्ण प्रतिबन्ध लगाइनुपर्छ।”

कार्यक्रममा संघका संस्थापक अध्यक्षहरू, कोशी प्रदेशका पदाधिकारीहरू, पूर्व केन्द्रीय सदस्यहरू लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। उनीहरूले औषधि व्यवसायमा देखिएका हालका चुनौती र समाधानका उपायहरूबारे आ–आफ्ना धारणा राखेका थिए।

यस अन्तरक्रिया कार्यक्रमले सुनसरीका थोक औषधि व्यवसायीहरूबीच आपसी समन्वय, समस्या पहिचान तथा समाधानको बाटो तय गर्न सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।

ShareTweetPin
Previous Post

किसान कल्याणकाे लागूपदार्थ दुर्ब्यसन विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

Next Post

सक्सेस अब्रोड स्टडी इटहरीमा ‘एप्लिकेशन डे’

Next Post
सक्सेस अब्रोड स्टडी इटहरीमा ‘एप्लिकेशन डे’

सक्सेस अब्रोड स्टडी इटहरीमा ‘एप्लिकेशन डे’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.