No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विक्की कौशल र रश्मिका मन्दाना स्टारर ‘छावा’को ट्रेलर सार्वजनिक

फलैचा न्यूज by फलैचा न्यूज
माघ १०, २०८१
in मनाेरञ्जन, हेडलाइन
0
विक्की कौशल र रश्मिका मन्दाना स्टारर ‘छावा’को ट्रेलर सार्वजनिक
Share on FacebookShare on Twitter

ईटहरी। विक्की कौशल, रश्मिका मन्दाना र अक्षय खन्नाको फिल्म ‘छावा’को एक्सनप्रधान ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ८ सेकेन्डको ट्रेलरमा विक्की र अक्षय दुवैको दमदार प्रदर्शन देख्न सकिन्छ । यो फिल्म १४ फेब्रुअरी २०२५ मा हलमा प्रदर्शन तयारीमा छ ।

शिवाजी सावन्तको मराठी उपन्यास ‘छावा’मा आधारित फिल्ममा विक्की मराठा राजा छत्रपति संभाजी महाराजको भूमिकामा देखिनेछन् । लक्ष्मण उतेकर निर्देशित फिल्ममा अक्षय खन्नाले मुगल शासक औरंगजेबको भूमिका निर्वाह गरेका छन् । यो भूमिकामा उनलाई चिन्न गाह्रो छ ।

 

फिल्ममा आशुतोष राना, दिव्या दत्त, नील भूपलम, सन्तोष जुवेकर र प्रदीप रावतको पनि महत्वपूर्ण भूमिका छ । फिल्ममा रश्मिकाले मराठा साम्राज्यकी रानी येसुबाईको भूमिका निर्वाह गरेकी छन् । म्याडक फिल्म्सले सोशल मिडिया प्लेटफर्ममा रश्मिकाको फस्टलुक सेयर गर्दै लेखेको छ, ‘हरेक महान राजाको पछाडी एक शक्तिशाली रानी उभिन्छिन् । महारानी येसुबाईको रुपमा रश्मिका मन्दानाको परिचय स्वराज्यको गौरव हो ।

म्याडक फिल्म्सले ‘छावा’ निर्माण गरेको हो । संगीत एआर रहमानले दिएका छन् । छायांकन सौरभ गोस्वामीले गरेका छन् भने सम्पादन मनिष प्रधानले गरेका छन् ।
रश्मिकाको कामको कुरा गर्दा, अभिनेत्रीले सलमान खान स्टारर फिल्म ‘सिकन्दर’मा अभिनय गरेकी छन् जसलाई एआर मुरुगादासले निर्देशन गरेका छन् । यससँगै उनीसँग ‘थामा’ पनि छ । रिलिजको तयारीमा रहेको ‘थामा’ मा आयुष्मान खुराना रश्मिकाको अपोजिटमा छन् ।

फिल्मलाई आदित्य सरपोतदारले निर्देशन गरेका हुन् । ‘छावा’बाहेक विक्कीको ‘लभ एन्ड वार’ पनि छ, जसमा उनी आलिया भट्ट र रणवीर कपूरसँग देखिनेछन् ।

ShareTweetPin
Previous Post

आज र भोली इटहरीका विद्यालयमा बिदा

Next Post

अमेरिकाको लसएन्जलस क्षेत्रमा डढेलोले फेरि पनि तनाबग्रस्त

Next Post
अमेरिकाको लसएन्जलस क्षेत्रमा डढेलोले फेरि पनि तनाबग्रस्त

अमेरिकाको लसएन्जलस क्षेत्रमा डढेलोले फेरि पनि तनाबग्रस्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.