इटहरी । आज र भोली चिसो बढेको भन्दै इटहरीका सबै विद्यालयमा बिदा दिइएको छ ।
बुधबारै एक सूचना जारी गर्दै इटहरी उपमहानगरपालिकाले बिहीबार र शुक्रबार बिदा दिएको हो ।
शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख रमेशकुमार शाहद्धारा जारी सूचनाअनुसार शीतलहर तथा अत्याधिक चिसोका कारण विद्यालयहरूमा पठनपाठन गर्न कठीन भएको भन्दै बिदा दिइएको हो ।
पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म बिदा दिइएको सूचनामा उल्लेख छ ।