काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । विमान करिब ११ बजेतिर दुर्घटना भएको हो । जहाज उड्नेबित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान जहाजमा चालक दलका सदस्यसहित एयरलाइन्सकै १९ जना कर्मचारीहरु सवार रहेका थिए । जसमा विमान चालकको शकुशल उद्धार गरिएको र केहीको हताहती भएको उल्लेख गरिएको छ ।
दुर्घटनापछि जहाजमा आगो लागेको र उक्त आगो नियन्त्रणमा आएको खबरहरुमा उल्लेख गरिएको छ । दुर्घटनालगत्तै गृहमन्त्री रमेश लेखक घटनास्थल पुगेका छन् । थप विवरण आउन बाँकी छ ।

















