No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

आदिवासी जनजाती चलचित्रहरुले विश्वमा नेपालको नाम राख्ने छन् :भुवन केसी

फलैचा न्यूज by फलैचा न्यूज
असार २१, २०८१
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
आदिवासी जनजाती चलचित्रहरुले विश्वमा नेपालको नाम राख्ने छन् :भुवन केसी
Share on FacebookShare on Twitter

इटहरी । नेपाल सरकार चलचित्र बिकास बोर्डका अध्यक्ष तथा नायक भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी जनजाती चलचित्रहरुले विश्वमा नेपालकै नाम राख्ने विश्वास व्यक्त गरेका छन ।

बिहिबार इटहरीमा आयोजित मातृभाषी चलचित्र प्रवर्धन समितिको आयोजना , आदिवासी जनजाती चलचित्र महासंघको कोशी प्रदेशको सह ( आयोजना र चलचित्र बिकास बोर्डको सहयोगमा सम्पन्न विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले यस्तो विश्वाश व्यक्त गरेका हुन ।

उनले आदिवासी जनजातीहरुले आफ्नो भाषा कला संस्कृतिलाई मुख्य बिषय बस्तु बनाएर सिनेमा निर्माण गरेतापनी नेपालको चलचित्र ऐन नबनेका कारण ओझेलमा परेको दावी गरेका छन् ।

आफु बिकास बोर्ड अध्यक्ष भैसकेपछी काठमाण्डौमा मात्र सिमित रहेको चलचित्र गतिविधीलाई मोफसलमा पनि सुरु गरेको बताए । उनले पुरानो चलचित्र ऐन भएका कारण चलचित्र क्षेत्रको विकश हुन नसकेको र नयाँ ऐन बनउन सरकार समक्ष आग्रह गरिसकेको केसीले बताए ।

आदिवासी चलचित्रकर्मी महासंघका अध्यक्ष पुर्खाजीत राईले आदीवासीहरु दुइओटा आन्दोलनमा रहेको बताए । हाम्रो मुद्दा हरु चलचित्र मार्फत भन्नुपर्ने आवश्यक भएकोले पनि अव चाडैनै आदिवासी चलचित्रको हितको लागी बिधयेकको आवश्यकता भएको औल्याए । आदिवासीहरु कला र संस्कृतिधनी भएकोले आदीवासीहरुको भाषामा कोहि प्रतिस्पर्धा गर्न आउछ आफुहरु खुलाम खुल्ला प्रतिस्पर्धा गर्न तयार तयार रहेको चुनौती समेत दिए ।

उनले कलाकार र चलचित्र मानोरन्जन को साधन मात्र नभएकोले आदीवासी चलचित्र मार्फत हाम्रो कथा भन्न लागिरहेका बताए । कार्यक्रमका अर्का बिशेष अतिथी कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले पछील्लो समय चलचित्रहरुलाई मानोरन्जन सँग मात्र जोडेर व्यवसायिक सफल चलचित्रहरुलाई मात्र सफल भनेर भ्रम छरिरहेको र चलचित्रहरुलाई व्यवसाय सँग मात्र जोड्न नहुने तर्क गरे ।

अब आदिवासी जनजाती चलचित्रकर्मीहरु एकजुट भैसकेपछी चलचित्रलाई साँस्कृतिक आन्दोलन सँग जोडन आबश्यक रहेको कुरामा जोड दिए । भ्युअर्स बढाउन र व्यवसायिक सफलता पाउन लाई चलचित्रहरुले गलत व्याख्या गरिररहेको खापुङले गुनासो गरेका छन् । पछील्लो समय साँस्कृतिक चलचित्र निर्माण गरेको भन्दै अध्ययन नपुग्दा जनजाती चलचित्रहरुले गलत मेसेज दिएको बताए । आदिवासी जनजाती चलचित्रहरु मात्र हैन अन्य चलचित्रहरु निर्माण गर्दा निकै ख्याल गरेर अध्यन गर्नु आवश्यकस्ता रहेको बताए । यती धेरै आदिवासी जनजाती चलचित्रकर्मी हरु हुँदाहुँदै पनि धर्म संस्कार संस्कृतीको उजागर गर्ने जनजाती चलचित्र नबनेको उनले बताए ।

आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ को संयोजक भएपछी ज्योतीराज राईले गत बर्षपनी भव्य कार्यक्रम आयोजना गरी आधा दर्जन चलचित्रकर्मीहरुलाई सम्मान गरेका थिए । गत बर्ष वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामा, सफल चलचित्र निर्देशकको मिलन चाम्स, समाजसेवी तथा गायक पूर्ण लिम्बु र मोडल तथा अभिनेत्री एलिशा राई लगायत कोशी प्रदेशका आधा दर्जन चलचित्रकर्मीहरुलाई सम्मान गरेको थिए । भने यस वर्ष चलचित्र बिकास बोर्ड अन्तर्गत आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’को संयोजक भएपछी ज्योतीले इटहरीमा भव्य विचार गोष्ठी कार्यक्रम आयोजना गरी दुई दर्जन बढी चलचित्रकर्मी तथा समाजसेवी हरुलाई सम्मान गरेका छन् ।

इटहरी स्थित इटहरी पार्टी प्यालेशमा आयोजित कार्यक्रममा पुर्वका बिभिन्न जातजातीको पहिचान झलकाउने झाकी तथा साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेर भव्यताका साथ समपन्न गरिएको छ । कार्यक्रममा चर्चित नायिका मिरुना मगर, याक्थुङ भाषाविद्द याशेली योङ्हाङ , समाज सेवी तथा गीतकार मिना सिङ्गक लाई सम्मान तथा बिभिन्न चलचित्रकर्मी हरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।

आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समिति’ले हरेक प्रदेशमा चलचित्र निर्माण,प्रबर्द्दन, सहकार्य बजारीकरण र सम्मान सहित बिचार गोस्ठी कार्यक्रम २०८१ गर्दै आएको कार्यक्रमका सभापती ज्योती राज राईले जानकारी दिए ।

लुम्बिनी प्रदेशको बुटवलमा सफलता पुर्वक सम्पन्न गरेको कार्यक्रम कोशी प्रदेशको इटहरीमा पनि भव्यताका साथ सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिए । पछील्लो समय आदीवासी जनजातीहरुले आफ्नो जातीय र साँस्कृतिक झल्काउने चलचित्र निर्माण गर्ने र प्रदर्शन गर्ने हब बन्दै गएको कोशी प्रदेशमा यस्तो प्रकारको कार्यक्रम आबश्यक देखिएकोले पनि यहाँ आयोजना गरिएको संयोजक राईले जानकारी दिए ।

नेपालकै सबैभन्दा धेरै जातीय चलचित्र निर्माण र प्रदर्शन हुने ठाउँ कोशी प्रदेशमा निर्माण भएको आदिवासी जनजाती मातृभाषी चलचित्र प्रबर्द्दन, बजारीकरणमा कसरी सहकार्य गर्ने दर्शकहरुले मागेको जस्तो चलचित्रहरु कसरी निर्माण गर्ने , अन्य नेपाली चलचित्रहरु सँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने बारेमा छलफल र अन्तर्कृया कार्यक्रम आयोजना गरिएको संयोजक राईले जानकारी दिए ।

ShareTweetPin
Previous Post

‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ सम्पन्न, प्रदिप र मिरुना उत्कृष्ट नायक नायिका घोषित

Next Post

पेनाल्टी सुटआउटमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

Next Post
पेनाल्टी सुटआउटमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

पेनाल्टी सुटआउटमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.