No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ सम्पन्न, प्रदिप र मिरुना उत्कृष्ट नायक नायिका घोषित

क्यानाडा नेपाल माउण्टेन फिल्म फेस्टिवलमा नायक प्रदीप खडका र नायिका मिरुना मगर उत्कृष्ट नायक नायिका घोषित भएका छन ।

फलैचा न्यूज by फलैचा न्यूज
असार २०, २०८१
in Uncategorized
0
‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ सम्पन्न, प्रदिप र मिरुना उत्कृष्ट नायक नायिका घोषित
Share on FacebookShare on Twitter

इटहरी। नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशले आयोजना गरेको ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ भव्यताका साथ सम्पन्न भएको छ । नेपाल चलचित्र निर्देशक समाजको प्रस्तुतिमा असार १८ र १९ गते विराटनगरको सिटी सिनेमामा विविध कार्यक्रम गर्दै फेस्टिभल सम्पन्न गरिएको हो ।

फेस्टिभलमा नेपाल , अमेरिका , क्यानडा ,भारत, बङ्गलादेश गरी जम्मा ५ देशबाट ४३ चलचित्रको आवेदन प्राप्त प्राप्त भएको र प्राप्त आवेदनबाट फिचर चलचित्र , डकुमेन्ट्री , सर्ट मुभी गरी जम्मा २४ चलचित्र प्रतियोगिताका लागि योग्य भएको निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीले जानकारी दिए ।

फेस्टिभलमा विसं २०७९ र २०८० सालमा निर्माण भएका चलचित्र, छोटा चलचित्र र वृत्तचित्रले सहभागिता जनाएका थिए । हिमाल, पर्यटन र कला संस्कृतिलाई समेटेर विसं २०७९ र २०८० सालमा निर्माण गरिएका चलचित्र फेस्टिभलमा सहभागी गराइएको थियो । इनास नेपाल च्याप्टरका उपाध्यक्ष निर्देशक ऋषि लामिछाने संयोजक, संचारकर्मी तथा गीतकार दयाराम पाण्डे, चलचित्र निर्देशक समाजकी कोषाध्यक्ष समुन्द्र भट्ट र नेपाल निर्देशक समाजकी निवर्तमान अध्यक्ष तथा निर्देशक रक्षासिंह राणा सदस्य रहेको निर्णायक टिमले २४ वटा चलचित्रबाट १० वटा चलचित्र छनोट गरी १३ बिधामा अवार्ड प्रदान गरेको छ ।

क्यानाडा नेपाल माउन्टेन फिल्म फेस्टिवलमा प्रदिप र मिरुना उत्कृष्ट नायक नायिका

अवार्ड प्राप्त गर्ने चलचित्रहरूको नामावली:-
अदेख–उत्कृष्ट छोटो चलचित्र निर्देशक २०२४ आयुब केसी
चार दाम–उत्कृष्ट छोटो चलचित्र २०२४ नेपाल श्रेणी
किन–उत्कृष्ट अन्तर्राष्ट्रिय छोटो चलचित्र २०२४ (अमेरिका)
मुशर–उत्कृष्ट वृत्तचित्र २०२४ (क्यानडा)
प्रेम गीत ३–उत्कृष्ट अभिनेता २०२४ प्रदीप खड्का
जारी– उत्कृष्ट अभिनेत्री २०२४ मीरुना मगर
प्रेम गीत ३ –उत्कृष्ट निर्देशक फिचर चलचित्र २०२४ सन्तोष सेन,स्व छेतन गुरुङ
प्रेम गीत ३ –उत्कृष्ट माउन्टेन फिचर चलचित्र २०२४
मन्त्र– उत्कृष्ट पर्यटकीय चलचित्र २०२४
जारी–उत्कृष्ट सांस्कृतिक चलचित्र २०२४
लभ, लस्ट एण्ड फाउण्ड–उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्र २०२४ ९क्यानडा०
बुलाकी –उत्कृष्ट फिचर चलचित्र २०२४
विच्छेद– उत्कृष्ट जुरी चलचित्र २०२४

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री नारायण मगरले उद्घाटन गरेर सुरु भएको फेस्टिभलको पहिलो दिन २ वटा चलचित्र निःशुल्क प्रदर्शन गरिएको थियो भने दोस्रो दिन पनि फिचर र छोटा चलचित्र गरी ५ वटा चलचित्र निःशुल्क प्रदर्शन गरिएको थियो । समय छोटो भएका कारण प्रतियोगितामा सबै चलचित्र प्रदर्शन गर्न असमर्थ भएको चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष समेत रहेका कार्यक्रमका निर्देशक अरुण कुमार प्रधानले जानकारी दिए ।

चलचित्र क्षेत्रमा विशेष योगदान गरेको कुरालाई मध्यनजर गर्दै निर्माता सन्तोष सेन र ओएसार डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ विशेष सम्मान गरिएको थियो । कोशी प्रदेशमा रहेर चलचित्र क्षेत्रमा योगदान गरेको भन्दै अभिनेत्री शारदा शाक्य,थारु समुदायकी पहिलो महिला सम्पादक रेणु चौधरी,अभिनेता सुवास मेचे,निर्देशक इन्द्र परियार,थारु चलचित्र पहिलो नायिका निलम खवास, अभिनेता राजेन्द्र भगत,अभिनेता सानुबाबा सुब्बा,द्वन्द्व निर्देशक होमनारायण राजवंशी, निर्देशक, रचनाकार, गायक दिपनारायण राजवंशी लगायतका चलचित्रकर्मीहरूलाई सम्मान गरिएको थियो ।

चलचित्र क्षेत्रमा कलम चलाउने चलचित्र पत्रकारहरू न्यु सृष्टि दैनिकका प्रधान सम्पादक अनुज सापकोटा, चलचित्र पत्रकार संघ कोशी प्रदेश उपाध्यक्ष वीरेन्द्र कुमार झा,चलचित्र पत्रकार संघ कोशी प्रदेश सदस्य मौसमी कार्की,चलचित्र पत्रकार संघ सुनसरी शाखा सचिव सुमन भट्टराई र चलचित्र पत्रकार संघ मोरङ शाखा सचिव सन्तोष बास्तोलालाई सम्मान गरिएको थियो । सम्मानित सबैलाई चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको हातबाट सम्मान गरिएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

ShareTweetPin
Previous Post

बोर्डमा नरहे पनि नेपाली चलचित्र क्षेत्रको हक हितका लागि सदैव लागि रहन्छु : भुवन केसी

Next Post

आदिवासी जनजाती चलचित्रहरुले विश्वमा नेपालको नाम राख्ने छन् :भुवन केसी

Next Post
आदिवासी जनजाती चलचित्रहरुले विश्वमा नेपालको नाम राख्ने छन् :भुवन केसी

आदिवासी जनजाती चलचित्रहरुले विश्वमा नेपालको नाम राख्ने छन् :भुवन केसी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.