बुढीगंगामा बस पल्टीदा १६ जना सामान्य घाइते

बुढीगंगामा बस पल्टीदा १६ जना सामान्य घाइते
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ३ स्थित बाँसबारी चोकमा बस पल्टीदा १६ जना सामान्य घाइते भएका छन्।

को १८ प ५२९ नम्बरको मोटरसाइकलले अचानक सडक क्रस गर्ने हुँदा मोटरसाइकललाई बचाउने प्रयासमा बा ४ ख ७४५० नम्बरको बस पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोटरसाइकल चालक सुनसरी देवानगञ्ज गाउँपालिकाका ४६ वर्षका समाउदिन खानको छातीमा चोट लागेको छ भने अन्य यात्रूहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरुको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार भईरहेको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.