विश्वासको मत लिने कि नलिने भन्ने निर्णयको जिम्मा मुख्यमन्त्रीलाई नै: कांग्रेसले भन्यो

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले विश्वासको मत लिने कि नलिने भन्ने निर्णय गर्ने जिम्मा मुख्यमन्त्री केदार कार्कीलाई नै दिएको छ ।

एमाले र माओवादीले विश्वासको मत फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले मुख्यमन्त्री कार्कीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने छ । त्यसैले आज बिहान संसदीय दलको बैठकमा सम्भावित अवस्थाबारे छलफल भएको थियो ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले विश्वासको मत लिने कि नलिने भन्ने निर्णय गर्ने जिम्मा मुख्यमन्त्रीलाई नै दिएको बताए । ‘मुख्यमन्त्री ज्यूले आफूले स्वविवेकमा राजनीतिक निर्णय लिनुहुन्छ कि संवैधानिक निर्णय गर्नुहुन्छ उहाँलाई हामीले छोडेका छौं,’ प्रमुख सचेतक तामाङले भने ।
मुख्यमन्त्रीलाई स्वच्छ अधिकार भएको बताउँदै उनले भने, ‘उहाँले संवैधानिक बाटो रोज्नुहुन्छ भने पनि हामीले सपोर्ट गरेर जानुपर्छ दलको नाताले र उहाँले भोलि २५ गतेभित्र कुनै राजनीतिक बाटो अवलम्बन गर्नुहुन्छ भने पनि हामीले सपोर्ट गर्नुपर्ने हुन्छ ।’

प्रमुख सचेतक तामाङले कांग्रेस नेतृत्वको वर्तमान सरकार जोगाउन उच्चतम प्रयास जारी राख्ने बताए ।

‘२५ गतेसम्म अवधि छ विश्वासको मत लिने भनेर । त्यसकारण कांग्रेसले आफ्नो नेतृत्वको सरकार टिकाउनका लागि उच्चतम प्रयास जारी राख्छ,’ उनले भने, ‘संविधानलाई समाएर जे–जे निर्णय गर्न सक्छौं, त्यो गर्छौं ।’

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.