अनमोल केसी स्टारर ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

इटहरी । अनमोल केसी र जसिता गुरुङ स्टारर ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमा गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।

रोहित अधिकारीले निर्माण गरेको यो फिल्ममा अनमोललाई उनकै‘फेवरेट’ जनरा अनुसार प्रस्तुत गर्ने जमर्को गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै अभिनेता केसीले यो फिल्मलाई लिएर आफू उत्साहित रहेको बताएका छन् । उनले आफ्नो करिअरको १० वर्ष र दशौं फिल्मको रुपमा यो फिल्म आउन लागेको जानकारी दिए ।

जसिताले पनि आफ्नो करिअरमा यो फिल्मले महत्वपूर्ण अर्थ राख्ने बताएकि छिन् । निर्माता अधिकारीले फिल्मलाई गुणस्तरीय तुल्याउन कुनै कसर बाँकी नराखेको बताए ।

फिल्मको छायांकन काठमाडौं र पोखरामा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। निर्माताले छायांकनको समयदेखि नै पोस्टर र स्टिलसहितका फस्टलुक सार्वजनिक गर्दै आएका छन् । अनमोलको जन्मदिनमा सार्वजनिक पोस्टरमा टाइम ट्राभल दर्शाउने प्रयास गरिएको थियो ।

फिल्ममा निर्मल शर्मा, कृष्ण मल्ल, रवि काफ्ले र समृद्धि अर्यालको समेत अभिनय रहेकोछ । रोहित र सुयोगले आगामी फिल्म ‘बेहुली’मा पनि सहकार्य गर्ने भएका छन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.