No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

ज्येष्ठ, अपांगता र विपन्न परिवारसंगः मन्त्री चौधरी

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ४, २०८१
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
महिलाले गर्न सक्दैनन् भन्ने हैन अवसर दिनुपर्छ’ भगवती चौधरी
Share on FacebookShare on Twitter

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बाबा आमाका लागि खर्च गर्नुपर्ने बताएकी छिन् ।

सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित झुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन् । ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो । अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत आफ्नो बाबा आमाका लागि खर्च गर्नुपर्छु, उनले भनिन् । ज्येष्ठ नागरिकको सुरक्षाका निम्ति यो काम गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताईन्। सबैभन्दा पहिले जनप्रतिनिधिबाट यो कार्यको सुरुआत गर्नुपर्ने भन्दै उनले बिस्तारै सबै क्षेत्रमा सुरु हुने विश्वास व्यक्त गरिन् ।

 

त्यस्तै अपंगता भएका व्यक्तिहरूको पक्षमा पनि यो काम अनिवार्य हुन जरुरी रहेको बताईन् । त्यस्तै कतिपय अपांगता भएका व्यक्तिहरूको अवस्था एकदमै दयनीय रहेको भन्दै उनले पूर्ण अपांगता भएका व्यक्तिहरूको पक्षमा उसको परिवार पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताईन् । राज्यले पनि ऐनमार्फत विभिन्न व्यवस्था गरेर अगाडि बढेको भन्दै उनले मुलुकका हरेक वर्गहरूको पक्षमा सरकारले काम गर्ने बताईन् । महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरूको पक्षमा अत्यन्त मानवीय संवेदना जोडिएको क्षेत्रको जिम्मेवारीमा आफू रहेको र मन्त्रालय अत्यन्तै मानव संवेदनशील मन्त्रालयको जिम्मेवारी आफुले सम्हालिरहेको रहेको बताईन् ।

जसले ५१ प्रतिशत महिला, ८.१३ प्रतिशत ज्येष्ठ नागरिक, ११ प्रतिशत रहेको बालबालिका, अपांगता भएका व्यक्तिहरूको जनसंख्या २‍।२ प्रतिशत जनसंख्या रहेको वर्गको पक्षमा काम गर्नुपर्नेछ मन्त्री चौधरीले भनिन् समग्रमा महिला मन्त्रालयले गर्नुपर्ने काम धेरै छ । जनसंख्याको हिसाबले पनि ठुलो हिस्सा ओगट्छ । तर यस क्षेत्रमा काम गर्नका लागि पर्याप्त बजेट छैन । तर पनि मैले दिइएको स्रोतसाधनलाई बढीभन्दा बढी सकारात्मक कामका पक्षमा प्रयोग गर्ने योजनामा छु ।

महिला मन्त्रालयअन्तर्गत रहेको समाज कल्याण परिषद् अन्तर्गत धेरै गैर सरकारी संस्थाहरू रहने व्यवस्था रहेको भन्दै उनले ती संघ संस्थाहरूले पछाडि परेका, सीमान्तकृत, समाजमा आर्थिक, सामाजिक रूपमा पछाडि परेका वर्गको पक्षमा काम गर्दै आएको समेत बताईन् । आगामी दिनका दिनमा अझ प्रभावकारी रूपमा सबै जनप्रतिनिधिले काम गर्नुपर्ने बताउँदै उनले हामी सबै जनताको मतले जनताको काम गर्नका निम्ति निर्वाचित भएर आएका हौँ । त्यस कारणले हामीले जनताको पक्षमा बढी भन्दा बढी काम गर्नुपर्छ ।

नेकपा एमालेका नेता मनमोहन अधिकारी प्रधानमन्त्री भएको समयमा सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले अहिले ज्येष्ठ नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ताका रूपमा परिवर्तन भएको बताईन् । संघमा निर्वाचित भएर गएका सांसदहरूको भूमिका केन्द्रमा नीति, निर्माण तहको जिम्मेवारी रहेको भन्दै उनले आफ्नो पक्षबाट जनताका निम्ति सक्ने जति बढी भन्दा बढी काम गरेर देखाउने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

मैले सक्ने जति अधिकार, कानुनमा व्यवस्था गर्नुपर्ने विषयमा पनि काम गर्छु । सेवा दिनका लागि पनि काम गर्छु । खासगरी गाउँ गाउँमा सेवा पुर्यािउनका लागि पनि म काम गर्नेछु । जनताको पक्षमा बढी भन्दा बढी काम गर्नका लागि पहल गर्नेछु ।

देशैभरका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरूका लागि काम गर्न कतिपय कानुनमा परिवर्तन गर्न आवश्यक रहेको भन्दै मन्त्री चौधरीले अझै पनि महिला, अपांगता भएका व्यक्तिहरूमाथि गम्भीर प्रकृतिका अपराध हुँने गरेको बताईन् ।

त्यस अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आफ्नो निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिक, अपांगता भएका र विपन्न वर्गका परिवारलाई झुल वितरण गरेकिछिन् ।

मन्त्री चौधरीले सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित एक कार्यक्रमका बीच १२० त्यस्ता परिवारलाई व्यक्तिलाई झुल वितरण गरेकि हुन् । गर्मी बढेसँगै तराईमा लामखुट्टेको टोकाइबाट बच्नका निम्ति झुल वितरण गरिएको मन्त्री चौधरीको सचिवालयले जानकारी दिएको छ ।

 

ShareTweetPin
Previous Post

शान्त मन ‘चञ्चल’ बनायौ तिमिले: बबिना भट्टराई (भिडियो सहित)

Next Post

अनमोल केसी स्टारर ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

Next Post
अनमोल केसी स्टारर ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

अनमोल केसी स्टारर ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.