माेरङ : मोरङकाे बेलबारीमा मध्यराति श्रीमानले श्रीमतीको हत्या गरेर आफैंले घाँटी रेटेर आत्महत्या गरेका छन् ।
बुधबार बिहानको राति १ः४० बजेतिर मोरङको बेलबारी नगरपालिका १ स्थित अन्दाजी ६० वर्षको बमबहादुर लिम्बूले आफ्नै श्रीमती अन्दाजी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेका हुन् ।
आपसी विवादका क्रममा लिम्बूले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीमतीको हत्या गरेको दाउले आफूलाई पनि रेटेर बमबहादुरले आत्महत्या गरेका छन् ।

















