इटहरी : इटहरी उपमहानगरले इटहरी क्षेत्रका सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने विषयमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
इटहरी उपमहानगरविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
माघ २५ मा इटहरीको शिक्षा समितिले उपमहानगरभरीका सबै विद्यालयमा भादगाउँले टोपीसहितको पोसाक अनिवार्य गर्ने, निजी विद्यालयहरूले शैक्षिक सामग्री किनबेच गर्न नपाउने, भर्ना शुल्क एकपटकभन्दा बढी लिन नपाउने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन सुनसरीले उच्च अदालतमा रिट दायर गरेको थियो । बुधबार न्यायाधीशहरू विपुल न्यौपाने र कृपासुर कार्कीको इजलासले प्याब्सनको मागअनुसार इटहरीको निर्णयविरुद्ध अन्तरिम आदेश दिन नपर्ने ठहर सुनाएको हो।