ईटहरी : धनकुटामा गुडिरहेको मोटरसाइकललाई रुख ढलेर च्यापिँदा एक युवतीको मृत्यु भएको छ ।
बिहीबार दिउँसो धनकुटा नगरपालिका वडा ४ स्थित सल्लेरीमा गुडिरहेको मोटरसाइकलमा सुकेको रुख ढलेर लाग्दा मोटरसाइकल पछाडि सवार धनकुटा नगरपालिका १ हिलेकी ३० वर्षीया उषा तामाङको मृत्यु भएको हो।
सडक नजिक रहेको शिरीषको रुख आफैँ भाँचिएर तामाङको टाउको र छातीमा लागेको र उपचारको लागि धनकुटा अस्पताल ल्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

















