काठमाडौँ — विश्वकप लिग २ शृंखलामामा नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । बुधबार बिहान कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
शृंखलाको पहिलो तीन खेलमा टस जित्ने टोलीले नै खेल जित्दै आएका छन् । टस जित्ने टोलीले विपक्षी टोलीलाई पहिला ब्याटिङका लागि बोलाउने परमपरालाई निरन्तरता दिँदै नामिबियाले नेपाललाई ब्याटिङका लागि बोलाएको हो ।
नेपालले आज प्लेइङ-११ मा एक परिवर्तन गरेको छ । आज गुलशन झा बेन्चमा छन् भने करण केसी टोलीमा फर्किएका छन् । रोहित पौडेलको कप्तानीमा रहेको नेपालको प्लेयिङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भिम सार्की, कुशल मल्ल, दीपेन्द्र, सोमपाल कामी, करण र ललित राजवंशी रहेका छन् । नामिबियाले जेक ब्रेसेल्सलाई टाङगिनी लुङ्गामेनीको स्थानमा खेलाएको छ ।
तीन राष्ट्र सहभागी लिग २ को पहिलो शृंखलामा नेपाल र नामिबियासहित नेदरल्यान्ड्स २ खेलमा १–१ को जितको स्थितिमा छन् ।
पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले स्तब्ध पारेको थियो । नेपाली भूमिमा खेलिएका सबैखाले ८ खेलमा नामिबियाले पाएको त्यही एकमात्र जित हो । त्यसपछि दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको विजय पायो ।
सोमबार नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेपछि सबैले १–१ जित आत्मसात गरेका छन् । नामिबियाविरुद्ध ब्याटिङमा हेलचेक्र्याईं गरेको नेपालले बुधबार सम्हालिएर खेल्ने प्रयास गर्नेछ ।
काठमाडौँ — विश्वकप लिग २ शृंखलामामा नेपालले नामिबियाविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । बुधबार बिहान कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ।
शृंखलाको पहिलो तीन खेलमा टस जित्ने टोलीले नै खेल जित्दै आएका छन् । टस जित्ने टोलीले विपक्षी टोलीलाई पहिला ब्याटिङका लागि बोलाउने परमपरालाई निरन्तरता दिँदै नामिबियाले नेपाललाई ब्याटिङका लागि बोलाएको हो ।
नेपालले आज प्लेइङ(११ मा एक परिवर्तन गरेको छ । आज गुलशन झा बेन्चमा छन् भने करण केसी टोलीमा फर्किएका छन् । रोहित पौडेलको कप्तानीमा रहेको नेपालको प्लेयिङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भिम सार्की, कुशल मल्ल, दीपेन्द्र, सोमपाल कामी, करण र ललित राजवंशी रहेका छन् । नामिबियाले जेक ब्रेसेल्सलाई टाङगिनी लुङ्गामेनीको स्थानमा खेलाएको छ ।
तीन राष्ट्र सहभागी लिग २ को पहिलो शृंखलामा नेपाल र नामिबियासहित नेदरल्यान्ड्स २ खेलमा १–१ को जितको स्थितिमा छन् ।
पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले स्तब्ध पारेको थियो । नेपाली भूमिमा खेलिएका सबैखाले ८ खेलमा नामिबियाले पाएको त्यही एकमात्र जित हो । त्यसपछि दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको विजय पायो ।
सोमबार नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेपछि सबैले १–१ जित आत्मसात गरेका छन् । नामिबियाविरुद्ध ब्याटिङमा हेलचेक्र्याईं गरेको नेपालले बुधबार सम्हालिएर खेल्ने प्रयास गर्नेछ ।
अहिले को खेलमा नेपालले 27 ओभर को खेल खेलिलिरहेको छ। नेपाल 27 ओभरमा 6 विकेट गुमाउदै 128 रन बनाइसकेको छ।