No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

५ जनाको हातमा एउटै लाइसेन्स इटहरीमा बजारको दिन सफारी प्रतिबन्ध

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ३, २०८०
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
५ जनाको हातमा एउटै लाइसेन्स इटहरीमा बजारको दिन सफारी प्रतिबन्ध
Share on FacebookShare on Twitter

 

इटहरी । लामो समदेखि सम्बन्धित निकायहरूको टाउको दुखाइ विषय बनेको सिटि सफारी व्यवस्थापन बिस्तारै लयमा आउन थालेको छ । इटहरी उपमहानगरले टाइम कार्ड , अनिवार्य लाइसेन्स,रुट परमिट,लगायतका नियम कडाइ गर्न थालेपछि हाल सफारी व्यवस्थापनमा सहज देखिन थालेको छ ।

इटहरीमा बजारको दिन सिटी सफारीलाई प्रवेश निषेध गरेपछि हुने भिड र सवारी चाप घटेको छ । उपमहानगरले नगर प्रहरी खटाएर सफारीलाई आइतबार र बुधवार बजार लाग्ने स्थानमा प्रतिबन्ध लगाएको हो । यो सँगै बजारमा देखिने अनावश्यक सफारी जाम , सवारी चाप र स्थानीयको भिड घटन थालेको छ ।

उपमहानगरले सफारी बजार प्रवेश गर्न नदिएपछि स्थानीयहरू भने बल्ल खुसी देखिन थालेका छन् । हेर्दा सानो भए पनि राम्रो काम भएको स्थानीय नगरवासी पुलकित मगर भन्छन् बजारको दिन सफारीले जहाँ पाए त्यही गरेको पार्किङकै कारण हटिया लाइन अस्तव्यस्त हुने गरेको थियो तर अहिले स्थानीय देखि साना सवारीसाधनहरू सहजै रूपले आवत जावत गर्न सक्छन्। त्यस्तै जामकै कारण बिरामी बोकेको एम्बुलेन्स समेत बजारमा घण्टौ रोकिनुपर्ने झन्झट पनि अन्त्य भएको स्थानीयहरू बताउँछन् । इटहरीमा आइतबार र बुधवार नियमित बजार लाग्दै आएको छ ।

स्थानीयहरूबाट बजार व्यवस्थापन र सफारी जामबारे पटक पटक गुनासो आएपछि सोही गुनासोलाई मध्यनजर गर्दै समस्या सामधानका उपाय खोजी तत्काल कार्यान्वयनमा ल्याइएको उपमहानगरका मेयर हेमकर्ण पौडेलले बताए । हाल बजार क्षेत्रमा १० जना सम्म नगर प्रहरी २ जना ट्राफिक प्रहरी खटिने गरेको पनि बताए । यता इटहरीमा सफारी व्यवस्थापनको काम सुरु भए लगत्तै कोशी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनको कार्यालय इटहरीले नियमित चेकिङमा कडाइ गर्न थालेको छ । ट्राफिक प्रहरीले गएको माघ ५ गते देखि २२ गते सम्म ११४ वटा सिटी सफारीलाई कार्वाहि गरिसकेको जनाएको छ ।

कार्वाहिको क्रममा सिटी सफारी भित्र व्यापक लापरवाही देखिएको बत्ताइएको छ । एउटै लाइसेन्स परिवारका ५ जना सम्मले चलाएको चेकिङका क्रममा भेटिएको कोशी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनको कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले बताए । १५ दिने चेकिङमा ६ वटा सिटी सफारी जसले एउटै लाइसेन्स परिवारका ४ देखि ५ जना सम्मलाई प्रयोग गर्न दिइएको भेटिएको प्रहरी प्रमुख पौडेलले बताए ।

अधिकांशको उमेर नपुगेको , लाइसेन्स नभएको , नम्बर प्लेट नभएको , सफारी सम्बन्धी कुनै ज्ञान नभएको , तालिम नलिएको ,धेरे जसोले नविकरणनै नगरेको , केहीले दर्तै नगरी सोझै राजमार्गमा निस्किएको पनि चेकिङको क्रममा फेला परेको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका मध्ये २६ वटा अझै पनि इटहरी उपमहानगरको होल्डिङ सेन्टरमा राखिएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

बाकिकालाइ भने उपमहानगरकै समन्वयमा छाडिएको पनि प्रहरीले बताएको छ । इटहरीमा सिटी सफारी व्यवस्थापनमा स्थानीय सरकार , ट्राफिक प्रहरी र इलाका प्रहरी समेत जुटेपछि अहिले राजमार्ग क्षेत्रमा सवारी जाम जस्ता समस्या हटेको छ ।

Tags: इटहरी
ShareTweetPin
Previous Post

नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै,

Next Post

‘बाहुनी कान्छी’ र ‘भाडभैलो’ नामका सिरियल निर्माण हुने घोषणा

Next Post
‘बाहुनी कान्छी’ र ‘भाडभैलो’ नामका सिरियल निर्माण हुने घोषणा

‘बाहुनी कान्छी’ र ‘भाडभैलो’ नामका सिरियल निर्माण हुने घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.