इटहरी । नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ ।
राष्ट्र बैंकले चाडपर्व लक्षित नयाँ नोट सटहीका लागि तयारी सुरु गरेको हो । प्रत्येक वर्ष दसैँ तिहारलाई लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था गर्दै आएको छ ।
यस वर्ष पनि घटस्थापनादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारीमा रहेको छ । अहिले राष्ट्र बैंकले कति नोट चाहिने हो भने बैंकहरुसँग तथ्याक माग गरेको बताएको छ ।
राष्ट्र बैङ्कले ५, १०, २०, ५० र १०० दरका एक एक बन्डल नोट सटहीको सुविधा उपलब्ध गराउने जनाइएको छ ।

















