विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका छन् ।
श्रोतका अनुसार अब मन्त्री बन्ने लाईनमा लिलाबल्लव अधिकारी, निरनराई, बुद्धिकुमार राजभण्डारी र राम प्रसाद मेहता छन् ।
यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसकेका छन् ।
संविधानको धारा १६८(३) अनुसार बनेको नेकपा एमालेको सरकारले आगामी असोज २० सम्म विश्वासको मत लिइसक्नु पर्नेछ ।