No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अमेरिकामा तेक्वान्दो च्याम्पियनसिपमा एभरेष्ट वल्ड क्लास खुल्ला तर्फ च्याम्पियन

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ८, २०८०
in खेल, समाचार, हेडलाइन
0
अमेरिकामा तेक्वान्दो च्याम्पियनसिपमा एभरेष्ट वल्ड क्लास खुल्ला तर्फ च्याम्पियन
Share on FacebookShare on Twitter

ह्यारिसबर्ग, पेन्सिल्भेनिया । अमेरिकामा सम्पन्न पहिलो हिमालयन खुल्ला तेक्वान्दो च्याम्पियनसिपमा एभरेष्ट वल्ड क्लास बाल्टिमोर खुल्ला तर्फ च्याम्पियन भएको छ ।

पेन्सल्भेनियाको राजधानीमा ह्यारिसबर्गमा सम्पन्न च्याम्पियनसिपमा एभरेष्ट कुल ३९ स्वर्ण सहित पहिलो भएको हो । अमेरिकामा सात राज्यका १९ स्कुलले भाग लिएको च्याम्पियनसिपमा हिमालयन तेक्वान्दो केन्टकी ले ३५ स्वर्ण सहित दोस्रो भएको छ ।
यस्तै युनाइटेड एभरेष्ट ह्यारिसबर्ग ३० सहित तेस्रो भएको छ। हिमालयन तेक्वान्दो डोजाङ्ग ह्यारिसबर्गले च्याम्पियनसिप गरेको हो । स्थापनाको पाँच वर्षमा नै हिमालयन तेक्वान्दो स्कुल बृहत च्याम्पियनसिप आयोजना गर्न सफल भएको छ ।
तेक्वान्दो अन्तराष्टिय प्रशिक्षक नकुल शर्मा र उनकी श्रीमती पुनम दुलालले सन् २०१८ मा हिमालयन तेक्वान्दो स्कुल ह्यारिसबर्ग स्थापना गरेका हुन् । शर्मा नेपाली भाषी भुटानी हुन् ।

च्याम्पियनसिपमा चार सय २८ जना खेलाडीले चुनौती पस्किएका थिए । नेपाली र नेपाली भाषी बाहेक अन्य समुदायका खेलाडी पनि च्याम्पियनसिपमा सहभागी थिए । च्याम्पियनसिपमा पुम्से, स्पाइरिङ्ग र ब्रेकिङ्ग गरी तीनवटा विधामा नै प्रतिस्पर्धा गराइएको थियो । खेलाडीको उमेर, तौल र बेल्टको आधारमा डिभिजन विभाजन गरिएको थियो ।
वल्ड क्यालस तर्फ एसओएस तेक्वान्दो पेन्सिल्भेनिया च्याम्पियन बन्यो । च्याम्पियनसिपमा महिला तर्फ सन्दीपा अमागाई र पुरुष तर्फ लक्ष्मण क्षेत्री उत्कृष्ट रेफ्री घोषीत भए ।

च्याम्पियनसिपको उद्घाटनमा हिमालयन तेक्वान्दोका खेलाडीले आकर्षक प्रदर्शनी गरेका थिए । यस्तै नेपाली लोक नृत्य पनि प्रस्तुत गरिएको थियो । उद्घाटनमा प्रमुख अतिथि भर्जिनियाका ग्रान्डमास्टर एचके ली, पेन्सिल्भेनिया राज्यसभाका सांसदद्वय डेभ म्याडिसन र जस्टिन फ्लेमिङ, प्याक्सटन स्कुल प्रिन्सिपल बेनबो, इन्फिनिटी च्याटर स्कुल निर्देशक टमीले च्याम्पियनसिको सफलताको शुभकामना दिए ।

यस्तै भुटानी कम्युनिटी ह्यारिसबर्गका निर्देशक तेज मिश्र, एसियाली अमेरिकी मामिलाहरुमा गर्भनरको सल्लाहकार आयोगका उपाध्यक्ष अमीना अरशद, समाज सेवी तथा रियल्टर विश्व क्षेत्री, समाजसेवी डा। खेम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

ShareTweetPin
Previous Post

‘एक भागवत गीता’ हेर्न इटहरीका हलमा दर्शक

Next Post

कोशी प्रदेशमा मन्त्रीपरिषद् विस्तारको तयारी, यि छन लाईनमा

Next Post
मन्त्रिपरिषद्का दुई निर्णय

कोशी प्रदेशमा मन्त्रीपरिषद् विस्तारको तयारी, यि छन लाईनमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.