इटहरी । बुधबार इटहरीमा एक महिलाको शव फेला परेको छ । इटहरी ४ स्थित सेतो बङ्गला बोर्डिङ स्कूल नजिकै टेङ्ग्रा खोलाको किनारमा घोप्टो परेको अवस्थामा अन्दाजी ३५ वर्षीय महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
शव सङ्खुवासभा मादी घर भई हाल इटहरी ४ मा कोठा भाडामा बस्दै आएकी सीता लिम्बूको रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ ।
हत्या भएको आशंकापछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

















