इटहरी । झापा जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ ।
कैदीबन्दी सरुवाको विषयलाई लिएर एक आपसमा झडप भएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको हो । झडपका क्रममा कारागारभित्र आगलागी समेत भइरहेको थियो ।
आगो निभाउनका लागि दकमल परिचालन गरिएको छ । कारागारभित्र ढुङ्गा हानाहान भइरहेको छ, बाहिर क्षेत्रमा धुवा देखिएको छ ।
अहिले कारागार परिसरमा सुरक्षाकर्मी परिचाल गरिएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ ।


















