इटहरी । आज राति ताप्लेजुङको फुङलिङ गाँउपालिका –८ स्थित खोक्सेखोला छेउमा गएको पहिरोले करिब ४० मिटर सडक पुरेको छ ।
मध्यरातमा गएको पहिरोको कारण ४० मिटर सडक पुरिएको स्थानिय बासिन्दाको भनाई रहेको छ ।
सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट तराई तथा काठमाडौँका लागि छुटेका तथा ताप्लेजुङतर्फ गइरहेका सवारी बिच बाटोमा रोकिएका छन् । यात्रु पनि अलपत्र परेको स्थानिय बासिको भनाई छ ।
वडाध्यक्ष क्षितिज सुनुवारका अनुसार सडकको पहिरो पन्छाउन दिनभर लाग्ने भएकाले आज कुनै पनि सवारी साधन चल्न नसक्ने उनको भनाई रहेको छ ।

















