इटहरी । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागले बुधबार ठूलो परिमाणमा सुन बरामद गरेको थियो । सो सुनका मालिक चिनियाँ नागरिक लिङ चुवान पक्राउ परेको विभाग स्रोतले जानकारी दिएको छ ।
उनी नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । विभाग स्रोतले उनी सुनका मालिक भएको दाबी गरेको छ । यस्तै यही प्रकरणमा चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।
यसअघि यो प्रकरणमा एक जना भारतीय नागरिकसहित पाँच जना पक्राउ परेका थिए । योसहित यसप्रकरणमा सात जना पक्राउ परेका छन् । हङकङबाट प्यासेफिक क्याथे एयरको विमानबाट कार्गो गरी नेपालको रेड ट्रेड कम्पनीको नाममा सामान ल्याइएको थियो । सो सामानमा सुन लुकाएर ल्याएको पाइएको थियो । अहिले बरामद सुनको परिमाण जोख्ने काम भइरहेको छ ।

















