No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

२० करोड राजस्व उठाउने ट्राफिक कार्यालय आफैँ चन्दाको भरमा

फलैचा न्यूज by फलैचा न्यूज
साउन ४, २०८०
in प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
२० करोड राजस्व उठाउने ट्राफिक कार्यालय आफैँ चन्दाको भरमा
Share on FacebookShare on Twitter

इटहरी । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष २० करोड ७ लाख रुपैया राजस्व सङ्कलन गरेर सरकारलाई बुझायो । सोही आर्थिक वर्षमा चेतनामुलक कार्यक्रम र ट्राफिक कन्ट्रोल उपकरणहरुको लागि पौने तीन करोड रुपैया खर्च गर्यो । तर त्यो रकम उसले चन्दा मागेरै जुटायो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा ११.४२ प्रतिशत बढी राजस्व संकलन गरेको कार्यालय आफै भने सामान्य खर्चको लागिपनि दाताको भर पर्ने गरेको छ । कोशी प्रदेश प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतो भन्छन्, ‘हाम्रो हातमा भनेको राजस्व संकलन गर्ने रसिद मात्र हुन्छ, त्यो पनि कहिलेकाहिँ चाहिएजति हुँदैन ।’

कार्यालयले यो एक वर्षमा प्रदेशको ट्राफिक व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय काम गरेको छ । सडकमा लेन छुट्याएर व्यवस्थित गर्ने, पार्किङ क्षेत्र तोक्ने, ह्विल लक, सिसी क्यामेरा, कन्भेक्स मिरर, रिफ्लेक्टर स्टिकर लगायत सामग्रीहरु किनेर प्रयोग गर्ने, सचेतनामुलक कार्यक्रम गर्ने काम गरेको छ । ती सबैको लागि गत आर्थिक वर्षमा विभिन्न सामाजिक संस्था तथा स्थानीय सरकारहरुबाट २ करोड ६२ लाख रुपैया जुटेको उनले बताए ।

ट्राफिक व्यवस्थापन र चेकजाँच तथा कारवाही बढाएपछि राजस्व सङ्कलन बढेको र दुर्घटना घटेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा ३५१० वटा दुर्घटना भएको र यो अघिल्लो आवभन्दा ८ प्रतिशतले कम रहेको बताइएको छ । यस्तै ४१२ जनाको मृत्यु, ८१० जना गम्भीर घाइते र १४९७ जना सामान्य घाइते भएको प्रहरीको तथ्याङ्क छ ।

यो संख्यामा पनि अघिल्लो आर्थिक वर्षकोभन्दा २० प्रतिशत हाराहारी कम रहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८÷७९ सम्म भने यो दर बढ्दो थियो ।

ShareTweetPin
Previous Post

लगातार बढेको शेयर बजार आज सामान्य घट्यो, ३ अर्ब ५ करोड रुपैयाँको कारोबार

Next Post

मोटरसाइकल चोरी गरेर भारततर्फ लैजाने एक जना पक्राउ

Next Post
मोटरसाइकल चोरी गरेर भारततर्फ लैजाने एक जना पक्राउ

मोटरसाइकल चोरी गरेर भारततर्फ लैजाने एक जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.