इटहरी । अवैधरूपमा विदेशी मुद्रा विदेश लैजान लागेका चार जनालाइ प्रहरिले पक्राउ गरेको छ ।
ठूलो मात्रामा विदेशी मुद्रा दुबई लैजान लागेका चार जनालाई बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूले विदेशी मुद्रा लिएर हिमालयन एयरलाइन्सको उडानबाट दुबई जान लागेका थिए ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ४१ हजार ४ सय अमेरिकी डलर, एक लाख १९ हजार ५ सय साउदी रियाल, एक हजार ३ सय ५७ ओमानी रियाल, ३०८ बहराइन दिनार बरामद गरिएको छ ।
अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले ¥यापिङ गरी चाउचाउको बीचमा विदेशी मुद्रा राखेर लैजान लागेको अवस्थामा प्रहरिले उनिहरुलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ पर्नेमा एक जना रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का २४ वर्षीय अनिस थापा रहेको प्रहरीले जनाएको छ ।
बाँकी तीन जनाको नाम भने प्रहरीले खुलाएको छैन ।

















