इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपामा असार ३१ गते आइतबारका दिन ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर दुईजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–७ स्थिित बसोबास गर्ने ३८ वर्षीय लक्ष्मी तामाङ रहेका छन् ।
घाइते हुनेहरूमा चालक हिलिहाङ गापा–७ बस्ने ४५ वर्षीय ज्ञानु भनिने पारसमणि थापा र सोही स्थान बस्ने ३१ वर्षीय जीवन गदाइली रहेका छन् । उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दिवश कुँवरले जानकारी दिए ।
फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेको ना २ ख ९२१५ नंको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल झरेर दुर्घटनामा परेको जिल्ल प्रहरि कार्यलय पाँचथरले जानकारि दिएको छ ।

















