इटहरी । इटहरी उपमहानगरपालिकाले खोला, पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सूचना जारी गरेको छ ।
मेयर हेमकर्ण पौडेलले सुरुमा इटहरीस्थित टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न आइतबार ३५ दिने सूचना जारी गरेका हुन् ।
टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६–६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवैतर्फ ६–६ मिटर नछोडीकन बनेका भवन संरचना ३५ दिनभित्र हटाउन सूचना भनिएको छ ।
https://www.facebook.com/100087062035040/videos/958669408514551/?__cft__[0]=AZUTAQlr53PbGxMrhNxL4jvp7PAr9MgfRidtqiJoJE8QD9JiMHPQVlPpaApEY9g0H1ugddSAlDZYohfKhhDe3iNku-jW0G8GvdoJShSbBWgEcUqoCxN0icht0l3AIplQibA4QXomFrW-PuFM59Y_EVfcdR-DvWnQBc5xcclXBu6QqoEqLkYYTrvCC1eL4pgqDyCzrNIcnOob8rTuiJAhWd6x&__tn__=%2CO-R
उपमहानगरले दिएको समयभित्र अनाधिकृत भवन संरचना नहटाए उपमहानगरपालिका आफैँले त्यस्ता प्रकृतिका संरचना हटाई त्यस्ता भवन संरचना हटाउन लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गरिने उल्लेख छ । 

















