No Result
View All Result
Sunday, April 19, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मनमोहन विश्वविद्यालयले बनायो पाँच बर्षे रणनीति योजना

फलैचा न्यूज by फलैचा न्यूज
असार ३१, २०८०
in मुख्य समाचार, शिक्षा, समाचार, हेडलाइन
0
मनमोहन विश्वविद्यालयले बनायो पाँच बर्षे रणनीति योजना
Share on FacebookShare on Twitter

विराटनगर । देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पाँच बर्षे रणनीति योजना तयार गरेको छ ।
कोसी प्रदेश सरकारले चार बर्ष अघि स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले आगामी आर्थिक बर्ष २०८० देखी २०८५ सम्मका लागि आफनो रणनीति योजना तयार गरेको हो ।

मनमोहनले पाँच बर्ष भित्र कुन कुन बिषयको के कसरी पठनपाठन गराउने, भौतिक पुर्वाधार अनि दक्ष जनशक्त्ति के कसरी र कस्तो तयार गर्ने र शिक्षक र कर्मचारीहरुलाई कुन मूल्याङकनको आधारमा पुरस्कृत गर्ने भन्नेबारे छलफल गरेर पाँच बर्षे रणनीति तयार गरेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले बताए । उपकुलपति पोखरेलका अनुसार रणनीति निर्माणमा विज्ञहरु हिक्मतबहादुर बस्नेत र भवानी सुवेदीले सहयोग गरेका थिए । शिक्षक र कर्मचारीहरुलाई पुरस्कृत गर्ने आधारबारे प्राध्यापक डिल्ली प्रसाईले जानकारी गराएका थिए ।

छलफलमा पुर्वाञ्चल विश्वविद्यालयको ईन्जिनियरिङ संकायका डिन देविप्रसाद भट्टराई, प्राध्यापक कृष्ण पोखरेल, मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बराल, उद्योगी सोमनाथ अधिकारी, उद्योग संगठन मोरङका पुर्व अध्यक्ष मुकेश उपाध्याय लगायतले आवश्यक सुझावहरु दिएका थिए ।

पाँच बर्षे रणनीति छलफलमा बोल्दै उपकुलपति डा सुवासश्री पोखरेलले देशकै पहिलो प्राविधिक विश्विद्यालय मनमोहनले छोटो समयमै आफनै अनुसन्धान केन्द्र स्थापना गरेर पाँच वटा विषयमा अनुसन्धान गरिसकेको जानकारी गराए । उनले मनमोहन लोकसेवा हैन आफनै दक्षतामा रोजगार पाउने गरि दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गर्ने लक्ष्यलाई उच्च प्राथमिकता दिइरहेको जानकारी गराए । उनले दक्ष जनशक्त्तिहरु विदेश पलायन हुने क्रमलाई रोक्न मनमोहन सफल हुदै जाने विश्वास व्यक्त्त गरे ।

देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयमा हाल आधारभुत , मध्यस्तर र उच्चस्तरको प्राविधिक जनशक्त्ति उत्पादन गर्नेगरि पठनपाठन सुरु भैरहेको छ । मनमोहनमा हाल ईन्जिनियरिङतर्फ सिभिल र ईलेक्ट्रिोनिक्स अनि पारामेडिकलतर्फ विफार्मेसी स्नातकतर्फको पठनपाठन भैरहेको छ ।

चालु शैक्षिक सत्रदेखी प्राकृतिक चिकित्सातर्फके स्नातक तहको कक्षा पनि सुरु गर्ने तयारी भैरहेको छ ।

ShareTweetPin
Previous Post

चार्ज भइरहेको मोवाइलको फोन उठाउँदा करेन्ट लागेर मृत्यु

Next Post

अतिक्रमित संरचना भत्काउन इटहरी उपमहानगरको सूचना : अटेर गरे डोजर चलाइने

Next Post
मिडियामा ठूलो स्वर गरेर बोलेर नगर भ्रष्टाचारमुक्त हुन सक्दैन: मेयर हेमकर्ण पौडेल

अतिक्रमित संरचना भत्काउन इटहरी उपमहानगरको सूचना : अटेर गरे डोजर चलाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.