No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेपालमै पहिलो पटक केएमसीले ल्यायो रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप

फलैचा न्यूज by फलैचा न्यूज
असार २८, २०८०
in समाचार, स्वास्थ्य, हेडलाइन
0
नेपालमै पहिलो पटक केएमसीले ल्यायो रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप
Share on FacebookShare on Twitter

रामधुनी । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप प्रयोगमा ल्याएको छ । बिरामीहरूको सुरक्षित र भरपर्दो शल्यक्रियाका लागि अत्याधुनिक ‘जैस किनोभो–९००’ माइक्रोस्कोप प्रयोगमा ल्याइएको हो ।

ब्रेन ट्युमर र नसाको शल्यक्रियालाई प्रभावकारी बनाउँन महत्वपूर्ण भूमिका निर्वाह गर्ने यो अत्याधुनिक माइक्रोस्कोप नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको केएमसीको न्यूरो बिभागका प्रमुख एवं बरिष्ठ न्युरो सर्जन प्रा.डा.अमित थापाले बताए । ‘यस्तो अत्याधुनिक माइक्रोस्कोप नेपालका कुनैपनि अस्पतालमा प्रयोगमा थिएन, नेपालमै पहिलो पटक केएमसीले प्रयोगमा ल्याएको हो,’ डा.थापाले भने, ‘अप्रेशनलाई सुरक्षित र भरपर्दो बनाउँन यो माइक्रोस्कोप निकै उपयोगी हुन्छ ।’

सूक्ष्म एवं जटिल शल्यक्रियामा माइक्रोस्कोप प्रयोग गरिन्छ । जर्मनबाट छ करोडको लागतमा खरिद गरेर ल्याइएको यो माइक्रोस्कोपमा रोबोटिक सिस्टम, फोरके रेजुलेशनसहितका धेरै अत्याधुनिक फिचर छन् । रोबोटिक माइक्रोस्कोप भएकाले यसले चिकित्सकले बनाएको अप्रेसन योजनामा काम गर्छ । यसको सहायता लिएर अप्रेसन गर्दा डाक्टरलाई अप्रेसन गर्न सजिलो हुने, अप्रेसन छिटो हुने र बिरामीलाई पनि जोखिम कम हुने डा.थापाको भनाई छ ।

 

डा.सुनिल शर्माको प्रवेशसँगै स्तरीय सेवा सुविधा विस्तारलाई तीव्रता दिएको केएमसीले अहिले पनि त्यसलाई जारी राखेको छ । केएमसीको न्युरो विभागमा पनि धेरै परिवर्तन आइसकेको छ । गत वर्षबाट ‘रोबोटिक सर्जरी’ थालेको केएमसीले एक महिना अघि नेपालमै पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) सहितको थ्री टेस्ला एमआरआई पनि भित्र्याएको छ ।
टाउको नखोली सानो प्वाल बनाएर अप्रेसन गर्ने, दूरबिनको प्रयोगले ढाडको नशा च्यापिएको खोल्ने र चिप्लेको हाडलाई स्क्रुले आफ्नो ठाउँमा मिलाउँने, दूरबिनको प्रयोगले प्वालमार्फत टाउको भित्र जमेको रगत निकाल्ने जस्ता सेवा पनि प्रदान गरिदै आएको छ । दक्ष चिकित्सक र अत्याधुनिक उपकरणका कारण केएमसीमा बिरामीले स्तरीय र भरपर्दो उपचार सेवा पाउँने अस्पतालका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् ।

Tags: काठमाडौं मेडिकल कलेजडा.सुनिल शर्मारोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप
ShareTweetPin
Previous Post

पाँच हजार धरौटीमा छुटे राजु मास्टर, बल्छी ध्रुवे सहितका कलाकार

Next Post

आर्थिक अभाबका कारण कस्तुरी कलेजमा बिद्यार्थी पढाइबाट बञ्चित हुनु पर्देन : प्रधानाध्यापक न्यौपाने

Next Post
आर्थिक अभाबका कारण कस्तुरी कलेजमा बिद्यार्थी पढाइबाट बञ्चित हुनु पर्देन : प्रधानाध्यापक न्यौपाने

आर्थिक अभाबका कारण कस्तुरी कलेजमा बिद्यार्थी पढाइबाट बञ्चित हुनु पर्देन : प्रधानाध्यापक न्यौपाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.