इटहरी । इटहरीको सेकेण्डरी बोर्डिंग स्कुलको होस्टलमा सुतेकै ठाउँमा विद्यार्थीको तरिकाले मृत्यु भएको छ । रहस्यमय मृत्यु भएका कारण उपमहानगरपालिकाले बोर्डिंगको होस्टेल बन्द गर्न निर्देशन दिएको हो ।
उक्त घटनाबारे अनुसन्धान भइरहेको र निर्धारित मापदण्डहरु पुरा नभए सम्म होस्टेल बन्द रहने इटहरि उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले जानकारी दिएका छन् ।
उक्त विद्यालयले होस्टेल चलाउनको लागि उपमहानगरपालिका सँग अनुमतिसमेत नलिएको मेयर पौडेलले जानकारी दिएका छन् । उनले होस्टेलको मापदण्ड र लिइरहेको शुल्कका विषयमा धेरै गुनासाहरु आइरहेकोले सो विषयमासमेत अनुसन्धान गर्ने दाबि गरेका छन् ।
यसै गरि मेयर पौडेलसहितको टोलीले होस्टेल सञ्चालन गरिरहेका इटहरीका विभिन्न विद्यालहरुको समेत अनुगमन भ्रमण गरेको छ । उनले विद्यालयहरुलाई सुधार गरेर आगामी दिनमा यस्ता अप्रिय घटना हुन नदिन सबै मिलेर लाग्नुपर्नेमासमेत जोड दिएका छन् ।

















