विराटनगर । साइकल चालकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा १९ वर्षीय आयुष भेटुवाल रहेका छन् ।
गत बुधबार राति साढे १० बजेतिर विपरीत दिशाबाट जाँदै गरेको बा १५ च ३४४५ नम्बरको कारमा सवार १९ वर्षीय आयुष भेटुवाल, १८ वर्षीय कुशल भेटुवाल र ३० वर्षीय रोशन कार्कीले विराटनगर महानगरपालिका–६ बस्ने साइकल चालक २७ वर्षीय पवन साहमाथि कारबाट झरेर मुक्का प्रहार गरी लडाई घिसारेर घाइते बनाएका थिए।
ती मध्ये आयुष भेटुवाललाई भने प्रहरीले गत बिहीबारै पक्राउ गरेको थियो। उनीमाथि ज्यान मार्ने उद्योगमा म्याद थप भई कानूनी कारबाही समेत अगाडि बढाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य दुई जनाको भने खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ

