इटहरी । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
मंगलबार बिहान काठमाडौं तर्फ उडेको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो ।
उक्त क्षेत्रमा नै हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जानकारी दिएको छ ।
हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु सवार थिए । हेलिकप्टरमा भएको दुर्घटनामा परि सवार ५ जनाको मृत्यु भएको छ । उक्त हेलिकप्टरमा सवार हालसम्म ५ जनाको शव भेटिएको र १जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरि कार्यलय सोलुखुम्बुले जनाएको छ ।
नाइन एनए–एमभी कलसाइन रहेको हेलिकप्टर मंगलबार बिहान १० बजेर १० मिनेट जाँदा कठमाडौंको लागि उडेको थियो ।

