इटहरी । भोजपुरमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको मृत्यु भएको छ । भोजपुर नगरपालिका १२ टक्सारमा मृग ठानेर बन्दुक प्रहार गर्दा आफ्नै साथिको मृतु भएको थियो ।
बन्दुकले लागेर मृत्यु हुनेमा भोजपुर १२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
उक्त घटनामा ६ जना संलग्न थिए । उक्त ६ जनालाई प्रहरिले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
घटना असार २२ गते रातिको भएपनि गोली लागेर साथी मरेपछि उनीहरूले खोलाको बगरमा पुरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । २२ गते देखि घर नआएपखि दिप्सनका परिवारले प्रहरिलाई सुचना दिएका थिए ।
मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्दा गएराति उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरि कार्यलय भोजपुरले जानकारी दिएको हो । पक्राउ परेकाहरूको नाम, थर, तत्कालका लागि गोप्य राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
उक्त घटना असार २२ गते घटेको प्रहरि प्रमुख थापाले जानकारि दिएका छन् । थापा भन्छन्, ‘साथी मरेपछि अखुवा खोलाको बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट पेष्टि भएको छ ।
हामीलाई सूचना आउनसाथ घटनामा सङ्लग्न ६ जनालाई नै नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ । पुरिएको अवस्थामा फेला परेको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल भोजपुर ल्याएका छौँ । थप अनुसन्धान भइरहेको छ ।’
मृतकका आफन्तले असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा उजुरी दिएलगत्तै आरोपीलाई प्रहरिले पक्राउ गरेको थियो । थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरि कार्यलय भोजपुरले जनाएको छ ।

















