इटहरी । सोमबार बसेको कोसी प्रदेश मन्त्रिपरिषद्को निर्णयले प्रदेश र स्थानीय तहका कर्मचारीहरूका लागि निजामती किताबखाना स्थापना गरिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले सोमबार यो निर्णण गरेको हो । हिजो मुख्यमन्त्री उद्वव थापाको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले योसँगै विभिन्न चारवटा निर्णय गरेको छ ।
लोकसेवा आयोगको परामर्शमा किताबखाना स्थापनाको प्रक्रिया अगाडि बढाउने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं बिना विभागीय मन्त्री प्रदीपकुमार सुनुवारले जानकारी दिए । उनले निजामती ऐन परिमार्जन गर्ने निर्णय पनि भएको उनले जानकारी दिएका छन् ।
कर्मचारीको सरुवा, बढुवा, तालिमलगायत वृत्तिविकासका लागि ऐन परिमार्जन गर्ने निर्णय पनि गरिएको उनको भनाई छ ।
दैवीप्रकोप, बाढी र पहिरोलगायत बाट हुने सम्भावित क्षति रोक्नका लागि पूर्व तयारी गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
मन्त्रिपरिषद् बैठकबाट रुससँग मित्रराष्ट्रका रुपमा भाइचाराको सम्बन्ध विस्तार गर्नका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको सुनुवारले जानकारी दिएका छन् ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री जीवन आचार्य लगायत बिना विभागीय मन्त्रीहरू सुनुवार, राजेन्द्र कार्की, कमलप्रसाद जबेगू र रामकुमार खत्री सहभागी थिए ।

















