इटहरी । झापाको कमल गाउँपालिका–३ भित्रि सडक खण्डमा बसको ठक्करबाट १ जना बालकको मृत्यु भएको छ ।
विहीबार मे.१ ख १५१८ नम्वरको यात्रु वाहक बसले ठक्कर दिँदा स्थानिय कमल थापाको ५ बर्षीय छोरा जनम चौधरी घाईते भएका थिए । घाईते चौधरीलाई तत्काल उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा चेक जाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका हुन् ।
ठक्कर दिने बस र चालक कमल गाउँपालिका–२ का शम्भु साहलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

















