No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

धनकुटामा रोजगार मेलाः बेरोजगार र रोजगारदाताको एकैठाउँमा जमघट

फलैचा न्यूज by फलैचा न्यूज
असार ३, २०८०
in अर्थ, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाइन
0
धनकुटामा रोजगार मेलाः बेरोजगार र रोजगारदाताको एकैठाउँमा जमघट
Share on FacebookShare on Twitter

धनकुटा । धनकुटामा शनिवार वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिएको छ । बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी उपलब्ध गराउँन सहजिकरण गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले एक दिने मेला आयोजना गरेको हो ।

कोशी प्रदेश सभा सदस्य निरन राईले मेला उद्घाटन गरेका छन् । मेला उद्घाटन गर्दै प्रदेश सभा सदस्य राईले बेरोजगार जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याएर आयोजना गरिएको रोजगार मेला निकै फलदायी हुने विश्वास व्यक्त गरे । सबै किसिमको कामलाई सम्मान गर्नुपर्ने भन्दै उनले कामका आधारमा कसैलाई पनि विभेद गर्न नहुने धारणा राखे । जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङले तीनै तहको सरकार मिलेर व्यवसायीक शिक्षा मार्फत रोजगारमूलक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । बजारको आवश्यकता अनुसार जनशक्ति उत्पादन भएमा रोजगारीको सुनिश्चितता हुने भएकाले सोही अनुसार जनशक्ति उत्पादनमा ध्यान दिन उनको सुझाव छ ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले उद्यमशीलताको विकासलाई प्राथमिकतामा राखेर उद्यमशीलतासँगै रोजगारी वृद्धि गर्दै अघि बढ्ने धारणा राखे । मेलामा आवेदन दिएका युवायुवतीलाई थप सीप सिकाएर दक्ष बनाउँन नगरपालिकाले सहयोग गर्ने उनले जानकारी दिए । धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनाल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी, सामाजिक विकास मन्त्रालयका शिक्षा योजना तथा अनुसन्धान महाशाखा प्रमुख कृष्णप्रसाद पोख्रेल, धनकुटा बहुमुखी क्याम्पस प्रमुख होमबहादुर बस्नेत, उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, समृद्धि आयोजनाका जीवन श्रेष्ठ लगायतले बेरोजगार युवायुवतीलाई रोजगारीको वातावरण निर्माण गर्न मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे ।

रोजगार प्रदायक, तालिम प्रदायक, परामर्शदाता र उद्यमका १५ स्टल राखिएको मेलामा बेरोजगार व्यक्ति र रोजगारदाताको जमघट थियो । रोजगारदाता ५३ संस्थाले मासिक ७ हजारदेखि ४५ हजारसम्म तलब सुविधा दिने गरी १७० जना कर्मचारी मागसहित मेलामा विवरण बुझाएका छन् । होटल, पशुपालन, चियाखेती, सवारी, ग्रिल लगायत क्षेत्रका उद्योग व्यवसायले कर्मचारी माग गरेका छन् । यता, रोजगारीको खोजी र तालिम माग गर्दै ४५५ जना व्यक्ति सम्पर्कमा आएका छन् । उनीहरूलाई रोजगारदाताहरूसँग सम्पर्क गराएर रोजगारीका लागि सहजिकरणको काम थालिएको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए ।

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको सहयोग तथा हेल्बेटासको प्राविधिक सहयोगमा आयोजित मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा र सीपमुलक तालिम दिने संस्थाको बारेमा पनि जानकारी गराइएको छ । धनकुटामा पहिलो पटक आयोजना गरिएको रोजगार मेलामा स्थानीय उद्योगका उत्पादनहरू पनि प्रदर्शनीका लागि राखिएको थियो ।No description available.

ShareTweetPin
Previous Post

तरहराका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला

Next Post

सङ्खुवासभामा पहिरो : एकको मृत्यु, १६ बेपत्ता

Next Post
सङ्खुवासभामा पहिरो : एकको मृत्यु, १६ बेपत्ता

सङ्खुवासभामा पहिरो : एकको मृत्यु, १६ बेपत्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.