धरानमा चलचित्र पत्रकार संघ सुनसरीले दोस्रो तीन दिने कार्यशाला सुरु गरेको छ ।
चलचित्र पत्रकारको मुल मर्म व्यवसायिक पत्रकारिताका लागि सन्चार कर्म भन्ने मुल उदेश्यलाई आत्मासाथ गर्दै चलचित्र क्षेत्रमा कलम चलाउने नयाँ तथा पुराना सहभागी समावेश कार्यशालामा चलचित्र पत्रकारिताको अवधारणा, समीक्षा लेखन, गसिप, न्युमिडिया र मल्टिमिडियालगायतका विषयमा कार्यशालामा प्रशिक्षित गराइने अध्यक्ष विनोद विश्वकर्माले जानकारी दिए ।
कार्यशालाकै क्रममा चलचित्र क्षेत्रका उदयीमान पत्रकार र क्रियाशील पत्रकारलाई पुरस्कृत गरिने छ । केन्द्र मोसन पिक्चर्सको सहयोगमा प्रदान गरिने केन्द्र मोसन चलचित्र पत्रकारिता पुरस्कारबाट एकजना सम्मान गरिने छ । यस्तै चलचित्रकर्मी महासंघ प्रदेश १ ले छनोट गरेका एक जना वरिष्ठ कलाकारलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष विश्वकर्माले जानकारी दिए ।
पहिलो दिन उद्घाटन समारोह र परिचयात्मक कार्यक्रमसहित पत्रकार आचारसंहिताका बारेमा सहभागीले जानकारी लिएका छन् । वरिष्ठ पत्रकार हर्ष सुब्बाले पत्रकार आचारसंहिताबारे अनुभव सुनाए ।
चलचित्र निर्देशक तथा सञ्चारकर्मी भीषण राई, , चलचित्र पत्रकार विजय आवाज, प्रशिक्षक रोनिश राउत ,चलचित्र निर्देशक लक्ष्मण सुवेदी लगायतले सहभागीलाई तीन दिनसम्म प्रशिक्षित गराउने छन् ।

















